ब्रेकिङ न्युज
प्रकाशित मिति: July 31,2017
इखवरसम्वादाता
१५ गते श्रावण, २०७४
श्रावण महिना हिन्दुधर्मलम्बीहरु विशेषत धर्म कर्ममा नै विताउने चलन छ । परिवारमा सुख, व्यापारमा लाभ, वैदेशिक रोजगारमा लाभ, सामाजिक सद्भाव तथा आपूmले चाहेको कुरा पुरा हुने आशमा विभिन्न धामहरुमा तिर्थ यात्रा जाने र भगवानको दर्शन गरी पुण्य कमाईने एउटा धार्मिक आस्था भएकोले नै यो श्रावण महिना तिर्थालुहरु देउता धाम जाने चलन छ । विशेषगरी यो श्रावण महिनामा धार्मिक शास्त्रमा उल्लेख भए अनुसार समुन्द्रबाट निस्केको कालकुट विष शिवले मन्थन गर्दा शिवको निलकण्ठमा पिडा भएर अनर्थ हुन लागेपछि शिवलाई शान्त पार्न जल चढाउने किम्वदन्ती रहेको छ । र आप्mनो इच्छा, धन सम्पती, निरोगिता र आप्mनो संकल्प भाकल पुरा गर्न सोमबारको व्रत तथा नदि नालाबाट जल लगि महादेवको मन्दिरमा चढाउने चलन रहदै आएको छ । पं. लेखराज दाहाल ज्यूले भन्नु भयो ।
सोमवार विहानै खोला नदीमा नुहाएर मन्दिरमा लगी जल चढाउन धेरै तिर्थालुहरु आतुर देखिन्थ्यो ताराघारी महादेव गुफामा । स्थानीय ब्रतालुहरु नजिकैका जो टाढा सम्म गएर जल चढाउन नसक्ने हरु यही महादेव गुफामा हामी जल चढाएर भगवान शिवको दर्शन गर्छौ स्थानीय अप्सरा थापाले बताईन् ।
हलेशी महादेवको दर्शनको लागि विभिन्न ठाउँहरुबाट तिर्थालु यात्रुहरु धेरै भन्दा धेरै आएको देखिन्छ । झापाको इलाम, काँकडभिट्टा, सिराहा, सप्तरी, धरान, इटहरी, विराटनगर, जनकपुर, सर्लाहीबाट अत्याधिक आउने गरेको पाईन्छ ।
ग्रामिण भेग भएको भएर वर्षातको समयमा आउने पानी र बाढी पहिरोको कारण बाटोमा धेरै अवरोध हरु आएको भएता पनि दुःख ले यातायातको सुविधा सम्मलाई मनन् गर्दै यात्रुहरु आउने गर्दछन् । धेरै जसो युवाहरुको समूह १५० देखि २०० को हुलमा मोटरसाइकलमा सवार देखिन्छ भने वृद्धाहरु, महिलाहरु गाडी रिजर्भ गरी हलेसी आएको देखिन्छ ।
टाढाको दुरीबाट आउने यात्रुहरु दुई तिन दिन लगाएर हलेसी सम्म पुग्ने गर्दछन् । भारतको मधुवनीबाट शनिवार हिडेका विजयलाल चौधरी सिराहाको मिर्चैया हुँदै कटारी अनि बेतिनी सम्म आएर आराम गर्दै थिए । तराईको गर्मी अनि दिक्कलाग्दो विग्रीएको बाटोलाई वेतिनीको चिसो मनोरम हुस्सु लागेको दृश्य सँगै रामाउँदै यात्रुहरु थकाई मारिरहेको थियो । विजयलाल विस्तारै आईतवार वेलुका सम्म लेखानीको घुर्मी हुँदै बेलुका ओखलढुंगा र खोटाङको सिमाना जयराघाट बस्ने योजना सुनाउदै थिए ।
सोमवार विहानै दुधकोशीमा स्नान गरी जल लिएर हलेशी महादेवलाई चढाउन पुग्ने उनको योजना थियो ।
मध्य पाहाडी लोकमार्गको सुरुवात पछि काठमाण्डौ, भक्तपुर, लालिपुर, काभ्रे, धादिङ लगाएतका पश्चिमी जिल्लाहरुबाट पनि हलेशी महादेव धाम आउन जान ज्यादै सहज भएको छ ।
यात्रुहरुको चापले बजारमा साना व्यापारीहरुको पनि व्यापारमा राम्रै सुधार आएको देखिन्छ । रु. २० को दरले आज (शनिवार) मात्र मैले हरियो मकै पोलेर २५० पिस भन्दा माथी बेचे एक वेतिनीका स्थानीय मकै व्यापारी हरिमाया कार्कीले भनिन् ।
बेतिनीमा स्थानीय काँक्रा र निगुरो जस्ता सागहरु राम्रो बिक्री भएको र होटल व्यावसाय पनि राम्रो आम्दानी भएको स्थानीय दान बहादुर आले मगरले बताउनु भयो ।
कटारी बजारमा रहेको होटल माछापुच्छ«े, मकालु होटल, हिमाली होटल जस्ता होटलहरुको त झन भ्याई नभ्याई देखिन्छ । अग्रिम खाना र रुमको लागि बुक गर्नु पर्ने रहेछ ।
लेखानीको घुर्मी बजारमा रहेको साना नास्ताको पसलहरु र खाना र बासको व्यवस्था भएका पसलहरुको चहल पहल पनि राम्रो छ । महिनै भरि यात्रुहरु हलेशी धामको लागि आउने हुनाले सेवाको लागि तयारी बस्नु परेको लेखानीको घुर्मीमा रहेको संगिता होटलको सञ्चालिका संगिता तामाङले बताउनु भइन् ।
दुधकोशीको जल हलेशी महादेवलाई चढाउने भएकोले आईतवार बेलुका जयरामघाट बजार अस्तव्यस्त हुने गर्छ । ग्रामिण भेग भएको कारण ग्राहकहरुलाई राम्रो खाना र बासको लागि व्यवस्था पु¥याउनु नसकेकोमा जयरामघाटका स्थानीय होटल व्यवसायी मनोज राई दुःख व्यक्त गर्नु हुन्छ ।
सोमवार विहान जयरामघाट बाट हिडेका यात्रीहरु विहान १० देखि ११ को विचमा हलेशी महादेवको धाम पुग्ने गर्दछ । त्यहाँको चारै तर्पmको भक्तजनहरुको आवत जावत र त्यस मन्दिर परिसरको सवै व्यवस्था मिलाउन व्यवस्थापन लाई धौ धौ पर्दछ । खानेपानी र शौचालयको अपुग व्यवस्थाले झनै गाह्रो बनाउने हलेसीका स्थानीय युवा तथा व्यापारी रुपेन्द्र राई बताउनु हुन्छ ।
सामान्य समयमा भन्दा राम नवमी, शिवरात्री, एकादशी र श्रावणको महिनै भरी यस क्षेत्रमा यात्रुले खाना पाउनु र बास पाउनुमा निक्कै गाह्रो पर्छ । स्थानीय हामस लाईले बताउनु भयो ।
हालको सन्दर्भमा हलेशीको व्यवस्थापनमा धेरै सुधार भएको छ । खानेपानी पम्पिङ गरी माथि लगिएको, थप शौचालयहरुको व्यवस्था गरिएको, नगरपालिको सहयोगबाट बिजुलीबक्तिको व्यवस्था गरिएको, सरसफाईमा महिनावारी तलवको व्यवस्था गरी कर्मचारी खटाईएको श्रद्धालुभक्तजनहरु र पर्यटकहरुको विशेष सुविधाहरुको लागि हलेशी बजारमा खाना नास्ता र बासको लागि र अन्य सुविधाहरुको लागि विशेष व्यवस्था गरिएको हलेसी मन्दिर व्यवस्थापनका अध्यक्ष गजुरमान राईले बताउनु भयो ।
हलेशीको शान्ति सुरक्षाको लागि अहिले सम्म त्यस्तो नराम्रो घटनाहरु हुन नदिन नेपाल प्रहरी सदैव हलेसी महादेवको र हलेसी वासी जनताहरुको सुरक्षामा लागिपरेको ईलाका प्रहरी कार्यालय हलेसीका सई राजेन्द्र पाण्डेले बताउनु भयो ।