ब्रेकिङ न्युज


#विचार

स्थानिय तहमा जनप्रतिनिधी को भुमिका

जनताले सहजताको सास फेर्न पाउनेछन् ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 29,2017



   - सन्जिव कार्की

स्थानिय स्तर मा भखरै भएको स्थनिय तहको निर्बाचन बाट चुनिनु भएको जन प्रतिनिधि हरु को आगमन भएको छ । अब भने जनता ले राहत महसुस गर्न पाउने र जनताले अधिकार प्रयोग र सहि तरिका को सेवा र राहत वा भनुम सेवाग्राही हरुले आफुले पाउनु पर्ने समुचित न्याय पुर्ण व्यबहार पाउने कुरा मा कुनै पनि कसर बाकी नरहला तर जनप्रतिनिधी को व्यवहार मा भर पर्ने कुरा पनि होला ।


तर मेरो बिचार मा जनप्रतिनिधी हरुले आफ्नो केही कमि कमजोरी भए सच्याउने र सम्पुर्ण जनता र सेवा ग्राही लाइ चुस्त दुरुस्त छिटो र छरितो सेवा दिन सक्नु पर्छ । अब स्थानिय स्तर मा आएको अधिकार मा लाई न्याय पुर्ण तरिका ले प्रयोग गर्न सक्नु पर्छ । स्थानिय संरचना अनुसार कर्मचारी को ब्यबस्थापन अझै भै नसकेको ले अलि अलि काम मा सेवाग्राहि ले कहाँ बाट सेवा लिने कस्तो तरिका को सेवा कहा बाट लिने भन्ने मा अझै समाज छर्लङ्ग नभएको यो अबस्था मा अनि चुनौती पुर्ण स्थानिय तहको यो पहिलो खुड्किला पार गर्न का निमित्त धेरै नै चुनौतीका चाङलाइ पन्छाएर समृद्ध नगर र समृद्ध वार्ड बनाउन लाई प्रमुख मुद्दा सम्झेर जनप्रतिनिधी ले काम गरिनु पर्छ । जनताको काम लाई पहिले कर्मचारी मार्फत गराउनु पर्ने बाध्यता थियो । यस्तो सम्म अबस्था थियो कि कहि कहि सम्पुर्ण प्रकृया पुराएको काम पनि गर्न महिनौ कुर्नु पर्ने जटिल अबस्था थियो । सेवाग्राही मार्का मा थिए । समयमै काम नहुनु त्यो बेलाको जटिल अबस्था भने थियो नै यदि कोहि मार्फत काम भएन भने कुनै न कुनै दलको भर पर्नु पर्ने अबस्था थियो । तर अब भने जननिर्बाचित आइसकेको अबस्थामा कुनै दलको आशा गरिराख्नु पर्ने अवस्था हुदैन किनकी त्यहा जनप्रतिनिधी आइसकेका छन । अब स्थानिय सरकार को काम कर्तव्य र अधिकार धेरै छन । त्यसकारण चुनौती को चाङ लाई सहि ढङ्ग बाट कुसलता पुर्बक निभाउन पर्ने छ । अब वार्ड ले गर्नु पर्ने जिम्मेवारी जनप्रतिनिधी ले वार्ड को जनताको काम र वार्ड को समृद्ध बिकास को योजना सहि ढंग बाट सञ्चालन गरि वार्ड लाई दिर्घकालिन समृद्धि बिकास को खाका कोर्न र गरिबी को रेखा मुनि रहेका जनताको आर्थिक हैसियत उकास्ने र भय गरेका कामको अनुगमन गर्ने जस्ता चुनौती का काम हरु छन । यस कामलाइ सहज ढङ्ग बाट सुल्झाउने र जनता को चाहाना अनुरुप काम गर्न सक्नु पर्ने छ । यसै गरि स्थानिय सरकार को उप प्रमुखले यस समृद्ध नगरको समृद्धि सहित को नियम कानुन बनाउने र अन्याय मा परेका जनता लाई सहि ढङ्ग को सुझ बुझ सहित को न्याय प्रणाली चलाउनु पर्ने हुन्छ । जोकि जनता ले यो न्याय पालिका बाट सहि ढङ्ग को न्याय सम्पादन भएको महसुस गराउनु प्रमुख जिम्मेवारी हुन आउछ । जनताको र नगर को नियम हरु दीर्घकालीन जनता को हित हुने खाल्को न्याय प्रणाली र कार्यसम्पादन हुनसकेमा नगर को समृद्ध न्यायको सम्पादन गर्न सक्नु पर्ने छ । यसै गरि नगर प्रमुख ले जनताको काम कसरी कहाँ कहाँ कुन तबर बाट भए गरेका छन त्यस्को लेखा जोखा गरि सम्पुर्ण नगर बासी को माग के छ बुझि त्यसको पहल गर्न जरुरी छ । त्यो भन्दा नि पहिले नगरको बिकासको को आधार तय गरि बिकासको लहर ल्याउन सक्नु पर्ने हुन्छ । करोडौ आउने बजेट लाई शिक्षा , स्वास्थ जस्ता सस्था हरु को बजेट पनि नगर बाटै सञ्चालित हुने हुदा सहि ढङ्गको शिक्षा र पुर्ण जिम्मेवारी सहितको स्वास्थ सेवा र सुरक्षित स्वास्थ सेवा पुराउन सक्नु पर्ने छ । वार्ड वार्ड मा स्वास्थ शिक्षा र खाने पानी को ब्यबस्थापन गर्न सक्नु पर्ने हुन आउँछ । शिक्षा प्रभाबकारी ढङ्ग को हुन जरुरी छ । त्यसै गरि गरिबि को रेखा मुनि रहेका जनता को लाई मध्यम बर्ग सम्म तत्काल लाइ कसरी ल्याउने र आगामि दिन मा कहाँ कस्ता खालका उद्धोग खोलेर बेरोजगारी को समस्या लाई अन्त्य गर्ने जस्ता ठुला ठुला दिर्घकालिन बिकासका मोडल ल्याइ बिकास उन्मुख नगर बनाउनु पर्ने हुन्छ । यहि मात्र होइन नगरमा आएका बजेटको सहि रुपले न्यायपुर्ण रुपले बाडफाड गरि पिछडिएका वार्ड हरु लाई बिशेष रुपले बजेटको बाडफाड हुन जरुरी छ । अब शिक्षा ,स्वास्थ जस्ता सस्था हरुमा नगरले तलब बितरण गर्नु पर्ने अबस्था मा सहि रेकर्ड राखी बितरण गर्दा खेरी प्रभाबकारी हुन आउँछ । यस कारण समृद्ध नगरको परिकल्पना देख्न र नगर को र जनताको समृद्धि को बिकास यहाँ बाट सुरुवात होस युबा हरुको बेरोजगारी को समस्या सामधान होस उत्पादन क्षेत्र पहिचान गरि मा बिशेष उत्पादन क्षेत्र घोषणा गरि उत्पादन मा बृद्दि गराउने र कृषिमा अनुदान को ब्यबस्था सुरुवात गराउनु पर्ने मुख्य योजना बनाइ सुरुवात गराउनु गर्ने धेरै चुनौती हरु लाई सामना गरि चुनौतीलाई अबसरमा बदलेर समृद्धि सहित को नगर बनाउने यहाँ हरुको मुख्य लक्ष्य रहोस शुभकामना छ सम्पुर्ण नबनिर्बाचित जनप्रतिनिधि हरु मा ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :