ब्रेकिङ न्युज


#कविता

निठूरी आएनौ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 25,2017



    

घाम अस्ताएपछि तिमीलाई भेट्न

-शुभराज राई (काजी)


म आँउछु भन्थ्यौ
घाम अस्ताएपछि तिमीलाई भेट्न
म आँउछु भन्थ्यौ !
दिन ढल्यो ! साँझ प¥यो !
अनि,दियो जलाई तिम्रो बाटो ह्ेरिरहेँ,
खै !


तै पनि तिमी आएनौ !
नीकैबेर कुरें तै पनि आएनौ !
भरे त आँउछौ नै भनि
मेरो हृदयको कुनामा,                                                                                           
साँगुरो सुकुल बिछ्याइरहें !                                       
र, पनि भएन
सपनीमा त भेट्छु नै भनि
सुकला गरें, तै पनि देखिन !
संघारमा गएर हेरें,
जस्केलो उघारें !
जूनको टहमा तिम्रो छाँयालाई हेरें,
तै पनि देखिन !


मलिनो आशामा
सिरानी छेवैको झ्याल उघारी राखें !
कोल्टे फेरें, आफैंलाई मात्र पाएँ !
भालेको डाकमा ब्युँझेर खोजें,
निष्ठूरी तिमीलाई तै पनि पाउन सकिन !
घाम अस्ताएपछि तिमीलाई भेट्न
म आँउछु भन्थ्यौ
घाम अस्ताएपछि तिमीलाई भेट्न
म आँउछु भन्थ्यौ !
दिन ढल्यो !
साँझ प-यो !
भालेको डाकमा ब्युँझेर खोजें,

-शुभराज राई (काजी)

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :