ब्रेकिङ न्युज


#विश्व

जहाँ बेश्यावृत्तिका लागि सासु ससुराले बुहारी बेच्छन्, पतिले दलाली गर्छन्

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 21,2017


RatoParkhalजहाँ बेश्यावृत्तिका लागि सासु ससुराले बुहारी बेच्छन्, पतिले दलाली गर्छन्

इखवरसम्वादाता, ५ श्रावण २०७४

दिल्ली। भारतको दिल्ली आसपासका केही क्षेत्र बेश्यावृत्तिका लागि बदनाम छन् । यस क्षेत्रमा यस्तो समुदायको बसोवास छ जहाँ महिलालाई उनकै परिवारले बेश्यावृत्ति गर्न बाध्य पार्छन् । धरमपुरासहित अन्य केही क्षेत्रमा यस्तो चलन ‘परम्परा’को रुपमा पुस्तौंदेखि चलिरहेको छ ।



यहाँको परना समुदायमा यस्तो कुसंस्कार व्याप्त छ । रिसर्च साइट प्यासिफिक स्ट्याण्डर्डका अनुसार पति नै आफ्नी पत्नीलाई देहव्यापारका लागि बाध्य बनाउँछन् । उनीहरुले आफ्नी पत्नीको शरीर बेचेर पैसा आफूले लिन्छन्  सेक्स ट्राफिकिङविरुद्ध का गर्ने संस्था अपने आप वुमन वल्र्डवाइडकी निर्देशक अभिलाषा कुमारी भन्छिन् ‘दिल्लीमा बलात्कार भयो भने सबै चर्को कुरा गर्छन् तर यहाँ यी महिलाहरुसँग दैनिक बलात्कार हुँदा पनि कोही बोल्दैनन् ।’ यो समुदायमा केही यस्ता महिला पनि छन् जसले अरु केही काम नपाएर आफैं सेक्स वर्कर बनेका छन् । एक महिलाले यस्तो काम गरेपछि आफ्नो जिन्दगी बदलिएको र बच्चाहरुलाई पढाउन सुरु गरेको बताइन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो