ब्रेकिङ न्युज


#आर्थिक

उदयपुर सिमेन्ट उद्योगमा १ अर्ब ७२ करोड ८४ लाख ९६ हजार २ सय ५८ रुपँयाको कारोबार

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 15,2017


RatoParkhalउदयपुर सिमेन्ट उद्योगमा १ अर्ब ७२ करोड ८४ लाख ९६ हजार २ सय ५८ रुपँयाको कारोबार

असार ३०,
जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडले गएको आर्थिक वर्षमा एक अर्ब ५० करोडभन्दा माथिको कारोबार गरेको छ। गएको आर्थिक वर्ष २०७३(०७४ को असार मसान्तसम्म आइपुग्दा १ अर्ब ७२ करोड ८४ लाख ९६ हजार २ सय ५८ रुपँयाको कारोबार गरेको उद्योगका सुचना अधिकारी नवल किशोर साहले जानकारी दिए।


साहका अनुसार गएको आव सुरु भएको साउन १ गतेदेखि असार २९ गतेसम्म आइपुग्दा उद्योगले १९ लाख ९६ हजार ६ सय ३७ बोरा सिमेन्ट बजारमा पठाएको छ।उद्योगमा एक घण्टा विद्युत कटौती हुँदा ४ लाख घाटा हुने गरेको भय पनि विद्युत कटौती घट्न थालेपछि उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा वृद्धि भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले जानकारी दिनु भयो , दैनिक ८ सय टन उत्पादन क्षमता रहेको उद्योगले अहिले प्रतिदिन ६ सयदेखि ७ सय टन अर्थात् १२ हजारदेखि १४ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आइरहेको छ


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय