ब्रेकिङ न्युज


##नुवाकोट

हामी आफै उठ्नु पर्छ -सानी नानीको कविता

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 20,2017



 सुजिता पौडेल ,बेलकोटगढि, ११ नुवाकोट

 

हामी आफैं उठ्नुपर्छ डांडा पाखा पखेरीको सुस्केरा लाई संगालेर            
सुमधुर संगीतको ध्वनीहरु अंगालेर
 गुरा“स फुल्ने लेक हाम्रो धान फुल्ने फाँट 
संसारलाइ जित्न सक्ने नेपाली को आँट । 


  गरिबीको भुमरीमा भोग र रोगले झेलिएका
 उत्पीडनले थिचिथिची समाजमा हेपिएका
 किसान ,मजदुर ,महिला लाई गाउ“ सहर जगाउन 
दासताको बन्दन तोडि बाटो घाटो देखाउन 
  सुमार्गमा पाइला चाली संसार रच्न नपाएका
 स्व ईच्छाले स्वतन्त्र भइ पढ्न लेख्न नपाएका 

कवि लेखक बिद्यार्थिलाई नयाँ संसार रच्न 
कर्मशील हातहरुले भबिश्यको पाईला कोर्न । 

  मातृभुमी नेपालका अङ्ग अङ्ग बेचिएका
 असत्यको घुम्टो ओडि सत्य बन्न खोजिएका 
राष्ट्रघाती र देशद्रोहीलाई देशबाट भगाउन
 मेची काली सगरमाथा राष्ट्रियता बचाउन 
  जुटौं हामी नेपाली यो देशलाई बचाउन
जागौ हामी नेपाली राष्ट्रियता जगाउन 
विश्वभर नेपालले गरोस चमत्कार
 यति भन्दै बिदा हुन्छु हस्त नमस्कर ।। 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :