ब्रेकिङ न्युज


#संकलन

बोस्टनमा धुर्मुस-सुन्तली अभियानको लागि १३ लाख संकलन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 22,2017


RatoParkhalबोस्टनमा धुर्मुस-सुन्तली अभियानको लागि १३ लाख संकलन

वाशिंगटन डीसी । बर्दिबासमा निर्माणाधीन एकीकृत नमूना मुसहर बस्तीका लागि मार्च १९ मा बोस्टनमा भएको ‘धुर्मुस-सुन्तली अभियान सहयोग कार्यक्रम’बाट १३ लाख नेपाली रुपैया संकलन भएको छ l 
 
अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाजसेवी समूहले कार्यक्रम आयोजना गरेका हुन् । हिमपात हुने सम्भावना रहेता पनि हिम्मतको साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् l र, एकै बसाईमा स्वतस्फुर्त रुपमा नेपाली समुदाय भेला भएर असल कामको लागि आफुले सक्ने आर्थिक सहयोग गरेका छन् l 
कार्यक्रमको प्रचार प्रसार संचार माध्यममा आएपछि न्युयोर्क, भर्जिनिया, कनेक्टिकट, बोस्टन तथा अन्य राज्यहरुबाट समेत आर्थिक सहयोग भएको समूहका सदस्य शिव प्रकाशले बताए l असल कामको लागि बोस्टनबासीहरु पछि नहट्ने, सदैव सहयोग र समर्थन गर्ने उत्साहलाई कायम गर्दै उदाहरण बनेका छन् l  
 
सामाजिक संघ/संस्था बिना नै सामुहिक प्रयास र हातेमालो गर्दै बोस्टन बासीले धुर्मुस-सुन्तली अभियानको लागि त्यति रकम उठाएका हुन् l संघ संस्था बिना नै कार्यक्रम गर्न सकिने उदाहरण बोस्टनबासीले प्रमाणित गरेर देखाइदिएका छन् l 
 
कार्यक्रममा शिव प्रकाशले बिशेष प्रस्तुति गर्दै अमेरिकामा बसेर पनि हामी नेपालका ‘भ्रष्ट नेताको खराउ पूजा किन गरिरहेका छौ ?’ ‘अमेरिकामा पनि खराउ पूजा ?’  विषयमा नेतृत्व वर्ग अमेरिकाको भ्रमणमा आउँदा अमेरिकामा देखिएको र भोगिएको वास्तविकतालाई प्रस्तुत गरेका थिए l उनले यस्ता कुरामा अल्झिनुको सट्टा समाजको असल काम गर्न तर्फ हाम्रो ध्यान जान सकोस् भन्ने मूल आसय रहनुको साथै नेताको पछाडि दौडनु अनुचित हुने रहेको थियो l 
 
 
मानवता र सदभाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई यूवा समूहले बोस्टनबासी नेपाली समुदायलाई उत्प्रेरणा गर्दै १३ लाख सङ्कलन गर्न सफल भएका छन् l 
 
कर्मवीर धुर्मुस-सुन्तली अभियानलाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम एक पैसा पनि खर्च नकटाई शत प्रतिसत धुर्मुस-सुन्तली फाउन्डेसनमा जाने शिव प्रकाशले बताए l 
 
धुर्मुस-सुन्तली अभियान सहयोग कार्यकम गर्ने समुहमा शिव प्रकाश, सुशील पौडेल, निर्मला शेरचन, राधेश्याम यादव, सुरेश वाग्ले, मबि सिंह, सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ (बम्बे मार्केट) रहेका छन् l रात्री भोजन नि:शुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको थियो भने आयोजकको तर्फबाट आर्थिक सहयोग गर्ने र सहभागी हुने सबैलाई धन्यबाद दिएका छन् l


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो