ब्रेकिङ न्युज


#पाठेघर

पुरुषहरुकै कारण बढी लाग्छ महिलाको पाठेघरमा क्यान्सर ! त्याे कसरी ?

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 20,2017


RatoParkhalपुरुषहरुकै कारण बढी लाग्छ महिलाको पाठेघरमा क्यान्सर ! त्याे कसरी ?

धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्‍याउने उहाँले बताउनुभयो

खतरा कसलाई धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई । शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।

यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ । जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।



लक्षण
पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
-रगत मिसिएको पानी बग्ने
-महिनावारी नभएको बेलामा पनि रगत देखिने,
-महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
-पेट फुल्ने
-गन्हाउने पानी बग्ने
-संक्रमण भैरहने
-खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।
कसरी बच्ने ?

पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।

यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय