#राजनीती

गृहमन्त्री बादललाई सांसदवाट हटाउने निर्णय भएको देव गुरुङको खुलासा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 7,2021


RatoParkhalगृहमन्त्री बादललाई सांसदवाट हटाउने निर्णय भएको देव गुरुङको खुलासा

 चैत २५,२०७७ बुधबार ईखबर                                      माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गर्ने निर्णय भइसकेको बताएका छन् । अब एक/दुई दिनभित्रै संसद् सचिवालयमा पत्र जाने गुरुङले जनाए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग् कुरा गर्दै उनले बादल प्रतिगमनको मतियार बनेको आरोप लगाए । बादलले जुनखालको दिशा लिएको र राष्ट्रघाती र जनघाती कदम चाल्ने ओलीको मतियार भएको आरोप लगाए ।

पार्टीबाट मन्त्री बनेका सांसदहरुले दल परिवर्तन गरेकोले आफूहरुले चार जना सांसदलाई कारबाही गरेको समेत स्पष्ट पारेका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो