#सहयोग

उदयपुरगढीको अग्नी पिडित लाई शुभारम्भ समाजको राहत

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 6,2021


RatoParkhalउदयपुरगढीको अग्नी पिडित लाई शुभारम्भ समाजको राहत

ईखवरसम्वादाता
२३ चैत्र, सोमवार
कटारी\उदयपुरगढीको ३ घर अग्नी पिडित लाई शुभारम्भ समाज नेपालले राहत पु¥याएको छ । आइतवार साँझ आगलागी भएको खवर सामाजिक सञ्जालमा थाहा भएपछि शुभारम्भले तत्काल कटारीमा राहत संकलन शुरु गरेको अध्यक्ष सविता मगरले बताउनु भयो ।


कटारीबाट ताप्लीमा भएको १ घर अग्नी पिडितलाई समेत गरी ३६ हजार २० रुपैया संकलन भएको बाट चामल दाल कपडा तथा अन्य तत्काल आवश्यक सामाग्रीहरु र नेपालटार बजारबाट समेत बजार बासीले खाद्य बस्तु लत्ता कपडा चप्पल थाल गाग्री पानी पिउने जग र नगद ११०९० समेत संकलन गरी प्रहरी चौकी नेपालटार, ७ नं. वडा अध्यक्ष, स्थानीयवासीहरुको रोहवरमा पिडितलाई जिम्मा लगाइएको श्रोत ले जनाएको छ ।


 आइतवार करिव ४ बजे तिर बलान शिल सामुदायिक वन क्षेत्रको जंगलबाट आएको डढेलोको आगोले घर आग्लागी भएको प्रहरी चौकी नेपालका प्रमुख सरोज थापाले बताउनु भयो । ३ घर १५ वाख्रा जलेर नष्ट भएको र करिव २२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
डढेलोले रघु बहादुर आले, भेषराज राना र वीर बहादुर गुरुङ्ग को घर जलेर नष्ट भएको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो