ब्रेकिङ न्युज
प्रकाशित मिति: April 3,2021
ईखवरसम्वादाता
२१ चैत्र/कटारी
वेवारिसे लास तथा विभिन्न घटनाहरुबाट कटारी अस्पतालमा आएका लासहरुलाई सदगद गर्न शुभारम्भ समाज नेपाल लाई दाउरा सहयोग गर्ने भएको छ ।
शुभारम्भ समाजले शुरुवात गरेको यो कदमलाई सहयोग गर्नको लागि स्थानीय वन महासँघ को बैठक पुस्तिकामा १३ सामुदायिक वनहरुले दाउरा निःशुल्क सहयोग गर्ने भनि निर्णय गरेको महासँघका अध्यक्ष भुवन राज गिरीले बताउनु भयो ।
कटारी स्थित रहेको ६० ओटा सामुदायिक वनहरुको समूह स्थानीय वन महासँघको बैठमा उपस्थित भएका १० सामुदायिक वनहरुले दाउरा सहयोग गर्ने भएको छ ।
वेवारिसे लास तथा विभिन्न घटनाहरुबाट कटारी अस्पतालमा आएका लासहरुलाई सदगद गर्न स्थानीय सरकार तथा स्थानीयहरुले कठिनाई भोग्दै आएको थियो ।
सहयोगी पदाधिकारी ज्यूहरुलाई धन्यवाद दिदै दाउरा व्यवस्थापनको लागि कार्यविधि बनाई स्थानीय सरकार सँग समन्वय गरी घट्ना क्रमलाई हेरी दाउरा वितरण गरिने शुभारम्भ समाज नेपालका अध्यक्ष सविता थापा मगरले बताईन् ।