#सामाजिक

सहकारी दिवशको अवसरमा कटारीका सहकारीहरुद्वारा दुधौलीको बालगृहका वालवालिकाहरुलाई सहयोग

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 3,2021


RatoParkhalसहकारी दिवशको अवसरमा कटारीका सहकारीहरुद्वारा दुधौलीको बालगृहका वालवालिकाहरुलाई सहयोग

ईखवर सम्वादाता
२० चैत्र २०७७

कटारी / जनमुखी कल्याणकारी नेपाल दुधौली सिन्धुलीद्वारा संञ्चालित दुधौली १० स्थित कमलाखोंज वालगृहका वालवालिकाहरुलाई कटारी स्थित सहकारी संस्थाहरुले स्टेशनरी तथा खेल सामाग्री लगायत नगद समेत सहयोग गरेको छ । हिजो ६४ औं सहकारी दिवशको अवसर पारेर कटारीका सहकारीहरुले वालगृहका वालवालिकाहरुलाई स्टेशनरीका साथै खेलकुदका पोशाक , फलफुल साथै नगद १८ हजार समेत सहयोग गरेको सहकारी सञ्जाल कटारीका प्रतिनिधि अनिता कार्कीले बताउनु भयो ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका दिवशको अवसरमा कटारीका लाली गुरास साकोस ,अमर साकोस ,कुमारी साकोस ,जनहित साकोस ,उदयश्री साकोस ,हिमाली साकोस ,शुभकामना साकोस ,त्रीबेणी साकोस र नारी कल्याण साकोसले सहयोग प्रदान गरेको हो । सहकारीहरुका अध्यक्ष , शेयर सदस्य ,कर्मचारी लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।
हालसम्म आसपासका सहयोगीहरुको भरमै वालगृह संञ्चालनमा रहेको बताउँदै अध्यक्ष दनुवारले सहयोग गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । जनमुखीका सचिव गान्धीराज मगरका अनुसार बाढी पहिरो तथा विभिन्न कारणले असहाय अनाथ वालवालिकाहरुलाई गृहले गृहमा राखेर अध्ययन समेत गराईरहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो