ब्रेकिङ न्युज
प्रकाशित मिति: December 15,2020
ई-खबर सम्बाददाता ,
काठमाडौं युवा कलाकार आ.राई एल बिक्रम सानै उमेर देखीको कौतुहल्ताले डोर्याउदै आज एक दशक भन्दा बढी कला क्षेत्रमा रमाई रहेका छन् ।
उदयपुरको कटारी नगरपालिका -२ सिमानपुरका कलाकार राईले लक- डाउनको फुर्सदिलो समयमा ग्रीन माउन्टेन बनाउनमा निक्कै बेस्त रहे ।
नाएफ पेन्टिङको ल्यान्ड स्केपमा रमाउने कलाकार राई विभिन्न हिमशृङ्खला पहाड खोलानाला लगाएत नेपाली जनजीवन बारे जिबन्त राख्न सक्ने युवा कलाकार हुन ।
लक डाउनले कला क्षेत्रमा अरु भन्दा धेरै सम्स्या पुर्याएको तितो अनुभब कलाकार राईले ई-खबर सम्बाददाता लाई बताए ।
कृषि बिभाग (FANSEP) , ईन्टनेशनल बिजनेस नेटवर्क प्रा. लि. , मुहार चित्र र नखिपोट स्थित कान्तिपुर कोलोनी सङ्ग सहकार्य गरि २ दर्जन बढी पेन्टिङ बिक्रीबाट केही राहत मिलेको कोलोनीका अध्यक्ष कृष्ण रेग्मी र सचिब राजु बजगाईले बताए ।
बिदेशी भुमि कोरियामा रहदा पहिलोपटक "थ्री-ईन वन-२०१५ " र "द बर्ड एन नेचर-२०१७" मा एकल कला प्रदर्शनी गरिसकेका राई नयाँ-नयाँ कला शैलीमा रमाउने र भबिश्यमा कला क्षेत्रमा लागिरहने बताए ।