ब्रेकिङ न्युज
प्रकाशित मिति: October 18,2020
उदयपुर । उदयपुरकाे कटारी नगरपालिका वडा न. १४ भदाैरे भिरमा शनीबार राति स्कारपियाे दुर्घटना हुदा ५ जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ भने ३ जना गम्भिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
मृत्यु हुनेमा अाेखलढुङ्गा मानेभञ्ज्याङ ९ का ३० बर्षिय राम ब. सार्की, २६ बर्षिया कर्ण सार्की, २६ बर्षिय कुमारी माया सर्की, २३ बर्षिय मान ब.सार्की, ४० बर्षिय खड्ग बहादुर सार्की रहेका छन ।
भैरहवाबाट अाेखलढुङ्गा अाउदै गरेकाे बा २० प ७१७१ नम्बरका स्कारपियाे राती अन्दाजि १२ बजेकाे समयमा सिद्दिचरण लाेकमार्गमा दुर्घटना भएकाे हाे ।
मृतक र घाइते भारतबाट नेपाल दशै मनाउन अाउदै गरेका थिय । उनिहरू रूपन्देहीकाे भैरहवामा १५ दिन क्वारेन्टाइनमा बसेर गाडी रिर्जब गरि अाउदै गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका डियस्पी बेद प्रसाद गाैतमले बताउनुभयाे ।
घाइते हुनेमा सवारी चालक रूपन्देही त्रिगम्बा नगरपालिका वडा न. ४ का पवन खड्का, २२ बर्षिय कल्पना सर्की रहेका छन ।