ब्रेकिङ न्युज
प्रकाशित मिति: October 8,2020
कटारी । उदयपुरमा बुधबार बेलुका ट्रक दुर्घटना हुदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका वडा न। ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादव रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका वडा न।८ सिरिसेस्थित दमाभीरमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन ।
घाइते हुनेमा वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेल र चालक झापा दमक घर भएका योगेन्द्र दाहाल रहेको प्रहरीले जनाएको छ उनीहरुाइ थप उपचारका लागि विराटनगर पठाइएको बताइएको छ ।