#मनोरन्जन

कलामा नक्षत्र बनेका रबि

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 29,2020


RatoParkhalकलामा नक्षत्र बनेका रबि

ई-खबर सम्बाददाता ,

काठमाडौं/ सानै हुँदा खोलाको बगरमा ढुङ्गा माटोसङ्ग खेल्दै जङ्गलको अनेकौं बोट बिरुवा सङ्ग हुर्केका कलाकार रबि बस्नेत हुन । सानै छदा साथि सङ्ग खेल्न जादा आफू एक्लै बगरको रंगिन ढुङ्गा बटुलि विभिन्न आकृति बनाउद थिए भने बिहान उठ्ने बित्तिकै आगनमा जानी नजानी बुद्धको मुर्ति कोर्न आतुर हुन्थियो उन्लाई । उदयपुर बेल्टार चौदण्डि -२ मा जन्मिएका बस्नेतको बाल्यकाल भने मामा घरमा बित्यो । मामा घरका हजुरआमाले पनि उनको कलालाई माया गर्दै अगाडी बढ्ने प्रेरणा दिरहन्थे ।

अचानक एकदिन स्थानीय कलाकार कुमार मोते सङ्गको भेटघाटले अझ कलालाई निरन्तर दिन बस्नेत अग्रसर भए । मान्छेको आकृति आखा ,नाक, मुख , हात ,खुट्टा आदि चित्रमा परिनत गर्न सिकाउने मोतेलाई आज सम्म गुरु मानेको बताए । स्कुलमा पनि पढ्न भने पटक्कै ध्यानाकर्षण हुदैन थियो बरु उल्टै पढाईरहेका शिक्षकको स्केच बनाईदिन्थिए । तेहि क्रममा साथिहरुले उस्लाई सजाएको लागि शिक्षकलाई जन्कारी गराउदा बस्नेतको यस्तो कला देखेर स्याबासी दिदै विभिन्न प्रतियोगितामा भाग लिने अबसर मिलेको ई-खबरलाई बताए ।

एस. एल. सि शिक्षापछि बस्नेत हजुरआमाको अनुवाईमा काठमाडौंको दरबारमार्ग स्थित सिर्जना कलेज अफ फाईन आर्टमा मामाले भर्ना गरिदिए । उनले किताबको पानामा देखेका चित्र देखी कौतुहल्ताले कलेजको दोस्रो बर्षदेखी किताबको चित्र कोर्न थाले ।

विवेक सृजनशिल प्रकाशनमा पहिलो चित्र रु. ५०/- मा बनाएका थिए । यसै गरी कलाप्रती उनको लगाब बढे संगै डिकुरा पब्लिकेसन, अईरावती पब्लिकेसन , बि एन बि पब्लिकेसन ,सन्जिवनी पब्लिकेसन , रिड मोर पब्लिकेसन , रुम टु रिड पब्लिकेसन , आठराई पब्लिकेसन , एकता पब्लिकेसन , साझा पब्लिकेसन गरि एक दर्जन भन्दा बढी पब्लिकेसनको काममा बेस्त छन ।

बिदेशी भुमिमा रहदा पनि कतारबाट प्रकाशन भएको किताबमा रोजगारमा गएका नेपालीले कसरी सुरक्षा अपनाउन सकिन्छ ( जस्तै : कम्पनिमा मेशिनरी सामान चलाउदा ,बिजुली बत्ती , सडक दुर्घटना आदि ) भन्ने विषयक साररिक सुरक्षाको समेत जान्कारी मुलक चित्र कोरेका थिए ।

बिदेशी नागरिक फिलिपिन्स ,इन्डोनेशियन, अरेबियन ,श्रीलंकन, ईन्डियनहरुको शरिरमा ट्याटू बनाउने मौका मिलेकोले सधै यादगर हुँदा खुसी ब्य्क्त गरे ।

यस्तै ईटहरीमा अनुकृती कार्यशालामा ६ महिना सम्म सह-प्रशिक्षकको रुपमा कार्य गरे भने सेभ द चिल्ड्रेन तथा पुरातत्व बिभाग भक्तपुरबाट निर्णायक जजमेन्ट समेत गरेको अनुभव बताए ।

क्यानभासमा चित्र बनाउनु र मुर्तिलाई पनि मुर्तरुप दिन सक्ने बस्नेत एस बि आई बैंकले बनाएको नेपालमा पहिलो रोबर्ट परी बहिरी आवरण र क्ले मोडल बनाउनको साथै पुर्ण आकृती बनाउन सफल भएका हुन एसलाई यु ट्युबमा पनि हेर्न सकिन्छ ।

कलाक्षेत्रले बाल्यकाल देखि आजसम्म र भबिस्यमा पनि खुसी रहने बस्नेत धेरै नयाँ काम गर्ने सोचाइ रहेको बताए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो