# समाचार

केएमसी हस्पिटलले ल्यायो कोरोना राहत प्याकेज

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 14,2020


RatoParkhalकेएमसी हस्पिटलले ल्यायो कोरोना राहत प्याकेज

ईखबर सम्बाददाता , काठमाडौ

आजको बर्तमान विषम परिस्थितिमा कोरोना भाईरसको कारण विश्व आतङ्कित बनिरहेको छ । दैनिक ज्यालादारी गरि गुजारा चलाईरहेका अधिकाङ्स नेपालीहरु ५/६ महिना देखी कोभिड -१९ को कारण बन्दा बन्दीले गर्दा झनै जन जीवन प्रभावित बनेको हामी जो कोहिलाई पनि अवगत छ्दै छ । यस्तो बन्दा बन्दीका कारण हरेक ब्यक्तिले दैनिकी खानपान देखी मनस्थिति असमान्य बन्दै कष्टकर बिताईरहेका छन । भबिस्य पनि कतिसमय र कतिछीटो कोरोना भाईरसबाट मुक्ति पाईन्छ भन्ने एकिन छैन । यस्तो माहामारीको अबस्थामा सर्बसाधरनलाई सरकारले केही स्वास्थ क्षेत्रमा स्वास्थ जाँच तथा उपचारमा सहुलियत दिएता पनि हरेक ब्याक्तीलाई स्वस्थ्य समस्या सुल्झाउन भने निकै कठिन छ । यस्तो असमान्य अबस्थामा पनि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले गत हप्तादेखी सम्पुर्ण सर्बसाधारणलाई कोरोना (PCR) टेष्ट सरकारी मापदण्ड भन्दा कम मुल्यमा गराईरहेको छ । सरकारले प्रत्येक ब्याक्तीबाट रु. २०००/- पर्ने PCR Test को लागि भने काठमाडौं मेडिकल कलेजले भने रु. १५००/- मै सेवा उपलब्ध गराएको छ । नेपाल को सबैभन्दा सस्तो PCR Test भएकोले दैनिक हजारौंको संख्यामा उपस्थित भएको जनमानसले धेरै राहत मिलेको बताए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो