#मनोरन्जन

लोकदोहोरीलाई निरन्तरता दिदै तामाङ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 4,2020


RatoParkhalलोकदोहोरीलाई निरन्तरता दिदै तामाङ

ईखबर सम्बाददाता ,

 काठमाण्डौ बदलिँदो परिस्थितिमा नेपाली लोक दोहोरी क्षेत्रलाई निरंतरता दिन सक्ने नव गायक/सर्जक कार्साङ्ग तामाङ पनि एक हुन। हेलम्बु गाउँपालिका-४ मरम्चिका स्थानीय तामाङ सानै उमेर देखि लोक दोहोरीमा रुचि राख्ने भएतापनि औपचारिक रूपमा बल्ल प्रस्तुत गर्ने मौका पाएको बताए । सबै सङ्ग आत्मिय/ सहयोगी मनका तामाङ आफ्नै लय,शब्द सृजना र स्वरमा गाउन सक्छन्। बिगत १० बर्ष देखि प्रवाशी भुमि दक्षिण कोरियामा कार्यरत तामाङले आफ्नै जन्मभुमि परिवेशलाई माया गर्दै सृजना गरेको पहिलो गीत "सिन्धु मेलम्ची हाम्रो गाउँ " बोलको गीत हो। स्थानीय स्तरमा धेरै दर्शक श्रोताको मनमा बस्न सफल यस गीत मार्फत अझै राम्रा सृजनाहरू गरेर निरन्तरता दिने जोश जाँगर मिलेको तामाङ बताउछन्। अाफ्नो दोस्रो प्रस्तुतिको रूपमा परदेशीहरूको भावना ब्यक्त गरिएको दशैँ तिहार बिशेष लोकदोहोरी "गीत जान पाइन घरमा" र त्यसपछि "धोका दियाै किन?" "दिलमै फुल्नलाई" "एक्लै जन्मेँ एक्लै मर्ने हो" तामाङ सेलो/ अपाङ्गको बेदना लाई गीत मार्फत प्रस्तुत गरिसकेका छन्। समय र परिस्थितिले साथ दिएसम्म कामसँगै गीत सङ्गीत लाई पनि निरन्तरता दिने बताउने तामाङले फेरी छिट्टै नै "सिन्धु-काभ्रे" र "मेरो प्यारो नेपाल" उत्कृष्ट म्युजिक भिडियो सहित बजारमा ल्याउने बताएका छन्। साङ्गीतिक यात्रा सफल रहोस् नव लोकदोहोरी गायक तथा सर्जक कार्साङ तामाङलाई हाम्रो तर्फबाट शुभकामना |


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो