# मनोरन्जन

बाल्यकाल देखि अहिले सम्मको परिवर्तन : प्रियंका चोपडा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 3,2020


RatoParkhalबाल्यकाल देखि अहिले सम्मको परिवर्तन : प्रियंका चोपडा

1.4k Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
messenger sharing button
sharethis sharing button
 
 

बलिउड नायिका प्रियंका चोपडाले शनिबार (१८ जुलाई) मा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् । उनी उत्तर प्रदेशको बरेली शहरमा हुर्किएकी हुन् । उनको जन्म जमशेदपुरमा भएको थियो तर उनका आमाबुवा दुबै भारतीय सेनामा थिए त्यसैले उनले लखनउ, बरेली, दिल्लीसहित भारतका अन्य थुप्रै शहरमा बस्ने मौका पाइन् । उनी सन् २००० मा विश्व सुन्दरी बनिन्, त्यसपछि उनले फर्किएर हेर्नुपरेको छैन । उनले बलिउडसहित हलिउडमा पनि आफ्नो रङ्ग जमाइसकेकी उनी अमेरिकी गायिका निक जोनससँग विवाह गरिन् र उनी अमेरिकामा सेटर छिन् । प्रियंकाले अहिले जुन स्थान हासिल गरेकी छिन् त्यसका लागि उनले कडा मिहिनेत गरेकी छिन् । उनले अन्तर्वार्तामा आफू सधैं आफ्नो सपनासँगै हुर्किएको बताउने गरेकी छिन् । मानिसहरुले आफूलाई ‘तिमी एक केटी हौ, तिम्रो सपना पूरा हुँदैनन्’ भन्ने गरेको उनले बताउँछिन् । जब उनी अमेरिका पढ्न गइन् तब उनलाई मानिसहरुले उनको रङ्गका कारण तनाव दिने गर्दथे । उनको खुट्टामा सेता दाग थिए जसले उनको आत्मविश्वास डग्मगाएको थियो । आज प्रियंकाको खुट्टाले १० वटाभन्दा बढी ब्रान्डको विज्ञापन गरिरहेको छ । प्रियंकाले आफ्नो मिहिनेतले आफ्नो सबै सपना पूरा गरेकी छिन् । उनको जन्मदिनको मौकामा उनका केही नदेखिएका तस्बिर हेरौं ।

पश्चिमा शैलीको कपडा लगाउन दिँदैनथे बुवाः

प्रियंका चोपडा अहिले स्टाइल आइकन हुन् तर वाल्यकालमा उनलाई पश्चिमा शैलीको कपडा लगाउन दिँइदैन थियो । उनी अमेरिकाबाट फर्किएपछि उनका पिताले उनलाई टाइट कपडा लगाउन दिँदैनथे ।

आफैं फेरिन् नामः

प्रियंका पढाईमा निकै अब्बल थिइन् । उनलाई वाल्यकालमा मिट्ठू निकनेम दिइएको थियो । एक अन्तरवार्तामा उनले आफूलाई उक्त नाम मन नपरेको  र आफैंले नाम परिवर्तन गरेर मिमी बनाएको बताइन् ।

वाल्यकालमा धेरैले जिस्क्याउँथेः

प्रियंका चोपडाले १३ वर्षको उमेरमा अमेरिका पढ्न जाँदा रङ्गका कारण त्यहाँका बच्चाहरुले उनलाई भिन्न प्रकारको व्यवहार गर्ने गरेको बताइन् । उनका अनुसार बच्चाहरुले उनलाई ब्राउनी र करी भनेर बोलाउँथे ।

डरका कारण वासरुममा खाजा खान्थिन्ः

प्रियंकाले यी सबै झेल्नु उनका लागि निकै मुश्किल भएको बताइन् । उनी हल्का काली थिइन् र खुट्टामा सेतो दाग थियो । सबैले जिस्काउने भएकोले उनको आत्मविश्वासमा ठेस् पुगेको थियो । यहाँसम्म कि डरका कारण उनी वासरुममा खाजा खाने गर्थिन् ।

मिहिनेतमा थियो विश्वासः

अमेरिकामा भेदभाव झेलिरहेकी प्रियंकालाई आफ्नो मिहिनेतमा पूर्ण विश्वास थियो । उनका अनुसार उनलाई कुनै बेला आफ्नो खुट्टाले लज्जित बनाउँथ्यो अहिले उनको खुट्टाले १२ वटा ब्रान्डको विज्ञापन गर्छ ।

एक युवतीले प्रियंकालाई अत्यधिक तनाव दिएकी थिइन्ः

प्रियंकाका अनुसार एक युवतीले उनलाई निकै टर्चर दिने गर्थिन् । सायद उनी प्रियंकालाई मन पराउँदिनथिन् किनभने उनका प्रेमीले प्रियंकालाई मन पराउँथे । उनले प्रियंकालाई असाध्यै गाली गर्थिन् र कुटपिटसमेत गर्थिन् ।

१२ वर्षको उमेरदेखि नै विवाहको शौखः

प्रियंकालाई वाल्यकालदेखि नै विवाहको अत्यधिक शौख थियो । फिल्मफेयरलाई दिएको एक अन्तरवार्तामा उनले आफू निकै सानो भएको बेलामा पनि सल ओढेर ऐनामा हेरिरहन्थिन् । उनी १२ वर्षको उमेरदेखि नै विवाह गर्न चाहेको पनि एक अन्तरवार्तामा बताएकी छिन् ।

चर्चामा रह्यो प्रियंका चोपडाको विवाहः

प्रियंका चोपडाले निक जोनससँग विवाह गरेकी छिन् । उनको विवाह अत्यधिक चर्चामा रह्यो  ।

प्रियंका–निकको गज्जबको छ केमेस्ट्रिः

प्रियंकाले जोधपुरको उम्मेद भवन प्यालेसमा धुमधामसँग विवाह गरेर आफ्नो वाल्यकालको सपना पूरा गरेकी थिइन् । प्रियंका निकसँग अमेरिकामा छिन् र उनी मुम्बई आवतजावत गरिरहन्छिन् । यो जोडी सँगै भएका बेला उनीहरु बीचको केमेस्ट्रिको अत्यधिक चर्चित हुने गर्छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो