ब्रेकिङ न्युज
प्रकाशित मिति: September 3,2020
ईखबर सम्बादाता
काठमाण्डौ सानै छदादेखि सङ्गीत प्रतिको मोह युवा हुँदा बल्ल सङ्गीतको रसमा डुब्न पाएका आधुनिक युवा गायक कमल राई हुन् । ईलाम को कन्याम सुर्योदय नगरपालिका फाजी गाउँका स्थानीय हुन् । नेपालमा आधुनिक गीतको माग बढ्दै जादा राईको गायन शैली पनि बढ्दै थियो । कुनै दिन संखुवासभाको तीनजुरे डाडामा घुम्न जादा उनको आखामा देखिएको तरङ्गबाट त्यो एसिया कै गुराँस को राजधानी तिनजुरे डाडा चौकी बजार खादबारी तेर्हथूम लगायत आसपास को सुन्दर ठाउँ हरुलाई सबै सामू पूराउन सके पर्यटन प्रबर्दन हुन सके त्यो ठाउँ लाई समृध्द बनाउन सकिन्छ भन्ने उदेश्यले सुन्दर ठाउँ लाई समेटेर पहिलो सोलो गीत " तल हेर्यो अरुण नदि तेहि खादबारी जति हेर्यो हेरौ लाग्ने गुफा पोखरी ..." बोलको गीत बन्न सफल भयो । आफ्नो स्थानलाई सम्पुर्ण नेपालीमाझ अझ शसक्त रूपमा चिनाउन सक्ने खुबी भएको गीतकार तथा युवा गायक राई हुन । कुनै अश्लील तथा उछृन्खल शब्द बिना नेपाली ठेट शब्दलाई प्रयोग गरि गीत लेख्ने र बिसङ्गतिको प्रतिरोध गर्ने राईले ईखबरलाई बताए । दैनिक जसो रियाज गर्ने राई अहिले भने प्रवासी भुमि दक्षिण कोरियालाई कर्म भुमी बनाएका छन् । प्रवासी भुमिमा पनि बेस्तताको बाब्जुत उहाले गायन प्रतिको रुचि घटाएका छैनन् । राईको पहिलो गीत गायक स्वयम ले लेखेका र सङ्गित पनि गायक राई ले नै गरेका हुन ।यो गित को सङ्गित सम्योजन बरिश्ठ सङ्गित सम्योजक फणिन्द्र राई ले गरेका हुन । यो गित बुढासुब्बा म्युजिक प्रा. लि. द्वारा बजार प्रबर्द्धन भएको हो । पहिलो गीतको सफल्ता पछी राईले बिदेशिएका युवाहरूलाई लक्षित पार्दै आफ्नो आमा अनि जन्म गाउ देश प्रति समर्पित "एक्लै हुँदा पर्देशमा ... " बोल्को दोश्रो गीतलाई प्रस्तुत गरेका छन् । जुन गित गायक राई ले नै लेखेका हुन । र सङ्गित बहु चर्चित गायक सङ्गित्कार अनि मोडल तारा प्रकाश लिम्बु को रहेको छ । सङ्गित समयोजन सहाश साक्य को रहेको छ।
बर्तमान परिवेशमा तारा प्रकाश लिम्बूद्वारा सङ्गीतलाई विभिन्न नयाँ / नयाँ शैलिले कम्पोज गर्ने भएकोले उहाँकै साथमा फेरि पनि धेरै गीत गाउने युवा गाएक राईले बताए र अर्जुन पोख्रेल को सङ्गित मा नि निकट भविष्य मा गाउने राई ले बताए । राईको दोस्रो गीत लिरिकल भिडियो बनिसके पनि अफिसियल भिडियो बजारमा छिटै आउने संकेत गरेका छन् । सम्भवतः नेपाल को चर्चित कलाकार राखेर भिडियो बनाउने बिचार रहेको तर समय नमिले को खन्ड मा कोरिया मै पनि सुटिङ्ग हुन सक्ने गायक राईले बताए ।