ब्रेकिङ न्युज


#समाचार

कटारीले ल्यायो ८२ करोड ६५ लाख

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 5,2020


RatoParkhalकटारीले ल्यायो ८२ करोड ६५ लाख

२० असार , शनिबार
कटारी /उदयपुरको कटारी नगरपालिकाको पाँचौ नगर सभाले ८२ करोड ६५ लाखको बजेट पास गरेको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले कृषी र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट पास गरेको हो ।
         स्वास्थ्यमा कोरोना संक्रमणबाट बचाउन नगरपालिकाले करोड बढी रकम विनियोजन गरेको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यसैगरी नगरमा यस वर्षको बजेटले कृषीलाई पहिलो प्राथमिकतामा राखेको पनि मेयर श्रेष्ठले बताउनुभयो ।
        त्यसैगरी वडालाई नगर सभाले प्रतिवडा ७५ लाखको बजेट विनियोजन गरेको छ । नगरले भोलि पत्रकार सम्मेलन गरी बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको पनि मेयर श्रेष्ठले जानकारी दिनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो