ब्रेकिङ न्युज
प्रकाशित मिति: June 11,2020
उदयपुर । उदयपुरमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण थप तीनजनामा भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बुधवार बेलुका काठमाण्डौ र विराटनगर प्रयोगशालामा गरिएको परीक्षणबाट तीनजना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीका अनुसार दिउँसो एक जना र बेलुकी तीन जना थपिए सँगै उदयपुरमा संक्रमितको संख्या चालिस पुगेको हो । उनका अनुसार दिउँसो उदयपुरगढी गाउँपालिका ५ का २५ बर्षे युवामा देखा परेको र बेलुका कटारी नगरपालिका १३ का २६ बर्षिय युवा र दुई जना उमेर नखुलेका त्रियुगा नगरपालिकाको रहेको छ ।
हाल सम्म जिल्लामा उपचारपछि निको भएर घर फर्कनेको संख्या ३३ रहेको र भर्खरै संक्रमण पुष्टि भएको मध्ये त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगढा, उदयपुरगढी र कटारी नगरपालिका १ बेलसोतको नेपाली सेनाको रणसार्दुल गणको क्वारेन्टाईनमा बस्दै आएको जानकारी दिएका छन् ।
उनका अनुसार त्रियुगा नगरपालिकामा ३५ जना, बेलाका नपामा २, चौदण्डीगढी, कटारी र उदयपुरगढी मा १/१ गरी ४० जनामा कोरोना पुष्टि भएको छ । उदयपुरमा हाल सम्म दुई हजार ७८२ जनाको पिसीआर परीक्षण गरिएको छ, भने २० जनाको रिर्पोट आउन बाँकी रहेको छ ।