ब्रेकिङ न्युज


# समाचार

कटारीमा एक जनामा कोरोना संक्रमण पुष्टी । उदयपुरमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 11,2020


RatoParkhalकटारीमा एक जनामा कोरोना संक्रमण पुष्टी । उदयपुरमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो ।

उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कटारी नगरपालिकाको बेलस्रोत स्थित नेपाली सेनाको सार्दुल गणको क्वारेन्टाइनमा रहेका एक २६ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।
संक्रमितको पुष्टी काठमाडौं टेकुको प्रयोगशालाले गरेको छ । संक्रमित कुन वडाका हुन रु क्वारेन्टाइनमा रहेकाले कहाँबाट आएका हुन रु भन्ने अहिले छुट्याउने काम भईरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका कटारी नगरपालिका हेर्ने फोकल पर्सन चिरन्जिवी निरौलाले जानकारी दिए ।
यस्तै बुधबार मात्रै २ सय ७९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जसमा उदयपुरका ४ जना संक्रमित थपिएको जनाएको छ । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार मन्त्रालयले पुष्टी गरेकोमा २ जनाको मात्र जानकारी आएको छ । ‘संक्रमित उदयपुरगढीको १ जना र कटारी नगरपालिकाको १ जनाको मात्रै जानकारी आएको छ । अन्य दुई जनाको जानकारी आई पुगेको छैन् ।’ उनले भने, ‘संक्रमित कहाँका हुन भन्ने अहिले भन्न सकिएन ।’
यस्तै बुधबार मात्रै उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी गाउँपालिका ५ का एक २५ वर्षिय युवकमा संक्रमण देखिएको थियो । उदयपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमित मध्ये त्रियुगा नगरपालिकामा ३३ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, बेलका नगरपालिकामा २ जना रहेका छन् ।
संक्रमित मध्ये कोशी कोरोना विषेश अस्पतालबाट ३२ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो