ब्रेकिङ न्युज
प्रकाशित मिति: June 10,2020
जेठ २८, बुधवार
उदयपुरगढी गाउँपालिकामा एक जना संक्रमित भेटिएको छ । भारतबाट घर आएका २५ बर्षे युवा क्वारिन्टेनमा नै रहेको बेला संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले बताउनु भयो ।
उनको स्वाव संकलन गरी गत जेष्ठ २५ गते परीक्षणको लागि कोशी अस्पताल पु¥याईएको थियो ।
या संगै उदयपुरमा कोरोना भाईरस संक्रमितको संख्या हाल सम्म ३७ पुगेको छ । त्यस मध्ये ३२ जना उपचार पछि निको भई घर फर्किसकेका छन् ।