ब्रेकिङ न्युज


#समाचार

जनसुरक्षा कोषमा जिल्ला सहकारी संघले ५ लाख ५५ हजार ५ सय ५५ सहयोग

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 8,2020


RatoParkhalजनसुरक्षा कोषमा जिल्ला सहकारी संघले ५ लाख ५५ हजार ५ सय ५५ सहयोग

काठमाडौँ , कोरोना भाइरसको महामारी नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ । संघले प्रदेश सरकारले स्थापना गरेको कोषलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

सहकारी संघमा आवद्ध सदस्यहरूबाट रकम संकलन गरी संघले बुधबार मुख्यमन्त्री शेरधन राईलाई हस्तान्त्रण गरेको संघका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए । संघले महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई निरन्तर सहयोग गर्न तयार रहेको बताएको छ ।

प्रदेश जनसुरक्षा कोषमा जम्मा गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार, रारा बचत सहकारीले १ लाख १ हजार, बरगाछी बहुउद्देश्यीय सहकारीले ५१ हजार, तुलसी बहुउद्देश्यीय सहकारीले ५० हजार, मेगा बचत तथा ऋण सहकारीले २५ हजार १ सय ११, न्यू लाइफबचत तथा ऋण सहकारीले २५ हजार, इस्टर्नस्टार कृषि सहकारीले ५९ हजारसहित ४१ वटा सहकारीले संघमार्फत सहयोग गरेका हुन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो