ब्रेकिङ न्युज


##news

कटारी नगरपालिकाले सवै विद्यालयका परीक्षाहरु चैत्र ५ अगाडी नै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 5,2020


RatoParkhalकटारी नगरपालिकाले सवै विद्यालयका परीक्षाहरु चैत्र ५ अगाडी नै

२२ , फागुन ,बिहीवार
इखबरपत्रिका सम्बाददाता
कटारी रविश्वभर पैmलिएको कोरोना भाईरसको सन्त्रास छाएपछी कटारी नगरपालिकाले सवै विद्यालयका परीक्षाहरु चैत्र ५ अगाडी नै सक्ने गरी तालिका सार्वजनिक गरेको छ । कटारी नगरपालिकाका स्रोत व्यक्ति सूर्य कार्कीका अनुसार शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आगामी चैत्र ५ भित्र परीक्षा सक्नुपर्ने विज्ञप्ति जारी गरेपछी आज नगरले निर्णय गरेको हो ।
         कार्कीका अनुसार नगरका सै विद्यालयले फागुन २८ देखि परीक्षा सुरु गरेर चैत्र ५ गतेसम्म सक्ने निर्णय भएको छ । नगरको परीक्षा समिति , शिक्षक संघ , संगठन तथा सरोकारवालाहरुको वैठकले निर्णय गरेपछी नगरले परीक्षाको तयारी थालेको छ ।
        विहान ११ बजेदेखि परीक्षा संञ्चालन गर्ने गरी कक्षा ५ र कक्षा ८ लाई पनि आ आप्mनै विद्यालयमा परीक्षा केन्द्र रहनेगरी परीक्षा संञ्चालन गरिने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षाका विषयमा बसेको भेलाले यस्तो निर्णय गरेको हो । सरकारले कोरोनाको संक्रमणबाट बच्न भिडभाडमा नजान लगायता विभिन्न आग्रह गरेको छ ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो