ब्रेकिङ न्युज
प्रकाशित मिति: March 4,2020
सन्जु राउत
२१ फागुन , बुधबार
कटारीर उदयपुरको कटारीमा विश्व वन्यजन्तु दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बन विज्ञान क्याम्पस कटारीमा रहेका ग्रिन रिभोलुसन फर इन्भाईरोमेन्टल चेन्जको आयोजना तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्याम्पस इकाई कमिटीको सहयोगमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मार्च ३ तारीखमा मनाईने यो दिवस श्री त्रीबेणी माध्यमिक विद्यालयका तीन सय विद्यार्थीको सहभागितामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीको अध्यक्षता तथा विद्यालयका कृषि संकायका प्रमुख विलोचन पोखरेलको प्रमुख आतिथ्यता सम्पन्न् भएको ।
पृथ्वीका सबै जीवहरुको सुरक्षा गरौ भन्ने नाराका साथ भएको कार्यक्रममा वन्यजन्तुको संरक्षण गर्न सवै सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने भएकोले कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियू क्याम्पस इकाई कमिटीका अध्यक्ष युवराज भण्डारीले बताउनु भयो ।