##news

दोस्रो नगर मेयरकप फुटबलमा कटारी ४ र ३ को विजयी सुरुवात

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 1,2020


RatoParkhalदोस्रो नगर मेयरकप फुटबलमा कटारी ४ र ३ को विजयी सुरुवात

सन्जु राउत

१८ फागुन , आईतबार
कटारीर उदयपुरको कटारी नगरपालिकाको दोस्रो नगर मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ र वडा नम्बर ३ ले विजयी सुरुवात गरेका छन् । शनिबारदेखि जारी प्रतियोगिताको उदघाटन खेलमा कटारी २ लाई टाईपब्रेकरमा ८ का विरुद्ध गोल ९गोल गर्दै कटारी कटारी ४ ले विजयी सुरुवात गरेको खेलको म्यान अफ द म्याच कटारीका गोलकिपर बुद्धबिर दनुवार बने । खेलमा बराबरी प्रतिष्पर्धाको टाईपब्रेकरमा पनि बराबरी भएपछी १० औं राउण्डको टाईपब्रेकरले प्रष्पिर्धाको छिनोफानो गरेको हो ।
      त्यसैगरी आज विहान भएको खेलमा कटारी १ लाई १ विरुद्ध ३ गोल गर्दै कटारी ३ ले विजयी सुरुवात गरेको छ । विहानको खेलमा कटारी ३ का प्रताप राई म्यान अफ द म्याच घोषित भए । साथी समूह कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा जारी प्रतियोगिताको विजेताले नगद ६३हजार ७सय ५का साथमा मेडल,प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेता टिमले नगद ३१ हजार २सय ५०का साथमा मेडल र प्रमाण पत्र पाउने समूहका उपाध्यक्ष तथा जिल्ला फुटबल संघ उदयपुरका सदस्य राजकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
       कटारी नगरका ११ टिम सहभागी उतm प्रतियोगिता आगामी २२ गते सकिनेछ । १४ वडा रहेको नगरका ११ , १२ र १३ बाहेकका वडाले खेलमा प्रतिष्पर्धा गरिरहेका छन् । आज दिउँसोको खेल कटारी ५ र १४ बीच हुनेछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो