ब्रेकिङ न्युज


##news

सकियो प्रदेशस्तरीय मार्सल आर्ट महोत्सव ,कटारीलाई तेक्वान्दोमा दोस्रो र उसुमा तेस्रो स्थान प्राप्त

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 1,2020


RatoParkhalसकियो प्रदेशस्तरीय मार्सल आर्ट महोत्सव ,कटारीलाई तेक्वान्दोमा दोस्रो र उसुमा तेस्रो स्थान प्राप्त

सितोरियो कराते तर्पm दिक्तेल नगरपालिका ६ स्वर्ण सहित प्रथम भएर पुरष्कार ग्रहण गर्दै खेलाडीहरु 

सन्जु राउत
१८ , फागुन , आईतबार
कटारी रअनुशासन , विकास र गतिशिलता भन्ने नाराका साथ कटारीमा जारी कटारी मेयर कप आमन्त्रित कटारी मार्सल आर्ट महोत्सव शनिबार सम्पन्न भएको छ । कटारी नगरपालिकाको प्रायोजन र कटारी मार्सल आर्ट महोत्सव मूल समितिको आयोजनामा सम्पन्न महोत्सवमा प्रदेशका मार्सलआर्ट खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।
          प्रदेशस्तरीय प्रतिष्पर्धामा उसु तर्फ तीन स्वर्ण सहित ईलाम नगरपालिका प्रथम र तीन स्वर्ण सहित नै उदयपुरको त्रियुगा नगरपालिका दोस्रो भएको थियो । प्रतिष्पर्धामा दुई स्वर्ण, तीन रजत र दुई कास्य पदक सहित कटारीले तेस्रो स्थान हासिल गरेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष दिपक ब्लोन तामाङ्गले बताउनुभयो ।
        त्यसैगरी तेक्वान्दो तर्फ ३ स्वर्ण २ रजत सहित धरान उपमहानगरपालिकाले प्रथम स्थान हासिल गर्दा ३ स्वर्ण र १ रजत ४ कास्य सहित कटारी नगरपालिकाले दोस्रो स्थान हासिल गरेको थियो । त्यसैगरी ३ स्वर्ण १ रजत ३ कास्य सहित मेची नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको आयोजक समितिका सदस्य तथा प्रशिक्षक शंकर सिंहले बताउनुभयो ।
      त्यसैगरी सितोरियो कराते तर्पm दिक्तेल नगरपालिका ६ स्वर्ण सहित प्रथम हुँदा धनकुटा नगरपालिका २ स्वर्ण सहित दोस्रो र धरान उपमहानगरपालिका २ स्वर्ण सहित तेस्रो भएको थियो । कटारीले सितोरियामा १ स्वर्ण मात्रै हात पार्न सफल भएको समिति सदस्य तथा प्रशिक्षक शुरेष थापा मगरले बताउनुभयो । प्रतियोगितामा १२ नगरका १६७ सितोरिया खेलाडीले प्रतिष्पर्धा गरेको पनि मगरले जानकारी दिनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो