ब्रेकिङ न्युज


##news

​​कटारी नगरपालिका वार्ड न. ७ रिस्कुमा अबस्थित जनप्रेमी मा.बि.ले आफनो ५७औ बार्षिकोत्सब मनायो।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 27,2020


RatoParkhal​​कटारी नगरपालिका वार्ड न. ७ रिस्कुमा अबस्थित जनप्रेमी मा.बि.ले आफनो ५७औ बार्षिकोत्सब मनायो।

सन्जु राउत
बिहिबार—१५,फाल्गुण
उदयपुर—कटारी नगरपालिका वार्ड न. ७ रिस्कुमा अबस्थित जनपे्रमी मा.बि.ले आफनो ५७औ बार्षिकोत्सब मनाएको छ ।कटारीका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उतm बार्षिकोत्सबमा अतिथीहरु सोहि वडाका वडाध्यक्ष धन कुमार दनुवार, नेता केपी बराल,कटारी नगरका शिक्षा प्रमुख कुमार दाहाल, बिदयालय ब्यबस्थापनका अध्यक्ष मोहन राउत,नेकपा नगर कमिटी अध्यक्ष मणिराज दाहाल, पत्रकार संचारकर्मी लगायत राजनितिज्ञ,पूर्व बिद्यार्थी, जनप्रतिनिधी,समाजसेवीको उपस्थिती थियो । उतm कार्यक्रमलाई सभ्य र भब्य बनाउन सोहि बिदयालयमा अध्ययन गरेका गायक बिनोद दनुवारले आधा दर्जन गित गायर उपस्थित अतिथी तथा अभिभाबकहरु लाई मmुमाएका थिए ।


उतm बार्षिकोत्सबमा अभिभाबक भेला समेत भयकाले विदयालयको बार्षिक प्रतिवेदन सोही विद्यालयका प्रधानाध्यपक डोमिला कुमारी धमलाले प्रस्तुत गर्नुभएको थियो । हामी शिक्षक शिक्षिकाले मात्र बिद्यार्थीको शैक्षिक गुणस्तर वनाउन नसक्ने भएकाले यसमा अभिभाबकहरुले आफना छोराछोरीलाई विशेष ध्यान दिनुहुन सबैमा आग्रह गर्नुभएकी थिईन ।कटारी नगरका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले उतm बिदयालयको शैक्षिक प्रगतीको शुभकामना दिदै नगरबाट हुने कुनै पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।उतm बार्षिकोत्सब तथा अभिभाबक आम भेलामा स्थानीय अभिभाबकहरुको उल्लेखिनीय उपस्थिती थियो ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो