#खेलकुद

कटारीमा सम्पन्न प्रथम कटारी नगर मेयर कप आमन्त्रित उसु प्रतियोगितामा कटारी तेस्रोे हुन सफल,

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 26,2020


RatoParkhalकटारीमा सम्पन्न प्रथम कटारी नगर मेयर कप आमन्त्रित उसु प्रतियोगितामा कटारी तेस्रोे हुन सफल,

सन्जु राउत
बुधबार,१४,फाल्गुण
कटारी÷ कटारीमा सम्पन्न दोस्रो कटारी नगर मेयर कप आमन्त्रित उसु प्रतियोगितामा कटारी नगर तेस्रोे स्थान हुन सफल भएको छ । दुई स्वर्ण, तीन रजत र दुई कास्य पदक सहित प्रदेश नं १ मै तेस्रो भएको हो । स्वर्ण पदक हासिल गर्नेमा ३८ केजी तौलमा प्रवेश परियार र ६५ केजी तौलमा राजेश बिक थिए । ५२ केजी तौलमा अस्मिता मगर ३८ केजीमा असोक तामाङ्ग, साहिल सुनवारले रजत पदक प्राप्त गरेका थिए भने ४८ केजीमा मोहन भुजेल र ६० केजीमा टिकानाथ साहले कास्य पदक जितेका थिए ।


कटारीमा सम्पन्न पहिलो कटारी नगर मेयर कप आमन्त्रित उसु प्रतियोगितामा उदयपुर लगायत भोजपुर,मोरङ्ग,सुनसरी,मmापा,ईलाम र धनकुटा जिल्लाका नगरपालिकाका टिमका खेलाडीहरु  सहभागिता जनाएका थिए। उतm प्रतियोगितामा ११ टिमका १३४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए जसमध्ये कटारी बाट उज्यालो कटारी उसु क्वानका ११ खेलाडी सहभागी थिए । सो प्रतियापेगितामा तीन स्वर्ण सहित ईलाम प्रथम र तीन स्वर्ण सहित नै उदयपुरको त्रियुगा नगरपालिका दोस्रो भएको थियो ।


      प्रथम पटक कटारी खेलकुद महोत्सब २०७६ प्रदेश नं १ को कटारीका संचालन भैरहेको छ । जसमा कटारी नगरपालिकामा रहेको उज्यालो कटारी उसु क्वानले करिब डेढ बर्षको छोटो समय अन्तारालमा प्रदेशमा नै तेस्रो हुन सफल भएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थका लागि खेलकुद भन्ने नाराका साथ उतm प्रतियोगिता जारी छ । प्रथम चरणमा उसु खेल सम्पन्न भैसकेको छ । तेक्वान्दो र कराँते खेल जारी छ । खेलाडीमा अनुशासन र संस्कारको बिकास सगै खेलाडीहरुको अथक प्रयास र मिहिनेतले छोटो समयमा नै सफल भएका छौ उज्यालो कटारी उसु क्वान प्रदेश नं १ कटारीका उसु प्रशिक्षक एबम उतm प्रतियोगिताका संयोजक दिपक तामाङ्गले बताउनु भयो । उतm खेलकुद महोत्सब १७ गते सम्म जारी रहने छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो