ब्रेकिङ न्युज


#समाचार

व्लड क्यान्सरवाट पीडित पत्रकार कमल पौडेलको सहयोगार्थ , २० हजार डलर उठाउने उदेश्यले अभियान

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 17,2020


RatoParkhalव्लड क्यान्सरवाट पीडित पत्रकार कमल पौडेलको सहयोगार्थ  , २० हजार डलर उठाउने उदेश्यले अभियान

भर्जिनिया, अमेरिका व्लड क्यान्सरवाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले वनाइएको गोफन्डमीमा पहिलो दिननै १ हजार ५ सय ६६ डलर उठेको छ । २० हजार डलर उठाउने लक्ष्यका साथ वनाइएको गोफन्डमीमार्फत फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिने छ ।

व्लड क्यान्सरको उपचारको लागि अहिले पत्रकार पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उहांको उपचारका लागि करिव ३० लाख रुपिंया लाग्ने अस्पतालले वताएको छ । गोफन्डमीमार्फत आइतवार सहयोग गर्नेहरुमा अमेरिकाको भर्जिनियावाट अग्नी खरेल ५ सय डलर, किशोर सापकोटा ५ सय डलर, भर्जिनियावाट डिसी नेपालका सम्पादक उमेश शर्मा १०१ डलर, पत्रकारहरु सुनिल दाहाल १ सय डलर, विष्णु शीतल १ सय डलर, गुणराज लुइटेल र सीता लुइटेल ५० डलर र पेन्सिलभेनियावाट लक्ष्मी घिमिरे १ सय डलर र भर्जिनियावाट सामाजिक अभियन्ता पर्शुराम भण्डारी १० डलर हुनुहुन्छ ।

पत्रकार पौडेललालाई गोफन्डमीको यो लिंक ….मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ । इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो