ब्रेकिङ न्युज


#समाचार

कुवेतको निर्माणस्थलमा पुरिएर ४ जना नेपालीको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 13,2020


RatoParkhalकुवेतको निर्माणस्थलमा पुरिएर ४ जना नेपालीको मृत्यु

काठमाडौं,कुवेतको अल मुतला क्षेत्रमा निर्माणस्थलमा बालुवा र गिट्टीको ठूलो ढिस्कोले पुरिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । थप ३ जना घाइते भएका छन् । पुरिएका अन्य ३ जना कामदारको अवस्था अझै अज्ञात छ । उद्धार कार्य जारी छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अरब टाइम्सले लेखेअनुसार ती कामदारहरु चिनियाँ कम्पनीमा कार्यरत थिए । उनीहरुले ब्लक १ मा म्यानहोल बनाउने काम गरिरहेका थिए । यही क्रममा बालुवा र गिट्टीको थुप्रो उनीहरुमाथि खसेको हो ।

सूचना पाएलगत्तै गएको उद्धार टोलीले पुरिएका ७ जनालाई बाहिर निकालेकोमा ४ जनाको ज्यान गइसकेको थियो । चारैजना नेपाली भएको खुलेको छ । घाइतेहरुलाई जोहरा अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ र पुरिएका अन्य ३ जनाको खोजी जारी छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो