ब्रेकिङ न्युज


#मनोरन्जन

वेस्ट मन्टेश्वरी चेन अफ स्कुल एजुकेसन एक्सलेन्स अवार्डबाट सम्मानित

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 12,2020


RatoParkhalवेस्ट मन्टेश्वरी चेन अफ स्कुल एजुकेसन एक्सलेन्स अवार्डबाट सम्मानित

काठमाडौँ ,वेस्ट मन्टेश्वरी चेन अफ स्कुल एजुकेसन एक्सलेन्स अवार्डबाट सम्मानित भएको छ । वेस्ट विजनेस वल्र्ड इन्टरनेसनल अर्गनाइजेसन (विडब्लुआइओ) अमेरिकाले प्रत्येक वर्ष वितरण गर्दै आएको एजुकेसन एक्सलेन्स अवार्डबाट यस वर्ष नेपालको वेस्ट मन्टेश्वर सम्मानित भएको हो ।

शनिवार मलेसियाको राजधानी क्वालालम्पुरमा एक भव्य समारोह बिच अवार्ड कार्यक्रम भएको थियो । विश्वभरि पठनपाठन गराइने मन्टेश्वरी शिक्षा प्रविधिलाई सन् २००५ मा स्थापित वेस्ट मन्टेश्वरीले हालसम्म देशभरि १० हजारभन्दा बढी मन्टेश्वरी तालिम दिई यो प्रणाली लागू गर्नमा अग्रणी भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको विद्यालयकी प्रिन्सिपल सुश्मा लामाले बताउँनु भयो ।

यस विद्यालयको ९ वटा प्रिस्कुल, नेपालकै पहिलो मन्टेश्वरी हाई स्कुल तथा मन्टेश्वरी तालिम केन्द्र रहेको छ । हाल यस संस्थाले विभिन्न स्थानीय तहहरुको सहकार्यमा मन्टेश्वरी प्रयोगात्मक शिक्षा प्रणाली सामुदायिक विधालयहरुमा पनि थालनी गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो