ब्रेकिङ न्युज


#पर्व

माघे संक्रान्ति र माघी पर्व

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 14,2020


RatoParkhalमाघे संक्रान्ति र माघी पर्व

माघ १ गते अर्थात माघे संक्रान्ति पर्व, देशभर स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी मनाईंदैछ ।

 सूर्य धनु राशिबाट मकर राशिमा मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिएको छ । घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकारसूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । खाने गरिन्छ ।

थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा माघी पर्व मनाउने गर्छन् । माघीको अवसरमा बिहानै थारू महिला एवम् पुरुषले स्थानीय नदी, तलाउ र पोखरीमा गई स्नान गरी आफ्नो मान्यजनका घरमा गई टीका लाउने आशीर्वाद लिइरहेका छन् । कामका सिलसिलामा घर बाहिर रहेका थारू समुदायका व्यक्ति पनि परिवारसँगै बसेर माघी मनाउन घर फर्किसकेका छन् । गए रातिदेखि नै नाचगान गर्दै माघी मनाउन सुरु गरेका थारू समुदायले माघीको विशेष परिकार ढिक्री, मासु र जाँड खाने प्रचलन छ । आजको दिन थारूहरूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाई चामल, नुन, तरकारी र गेडागुडी दिने चलन छ । नयाँ वर्षका रूपमा मनाइने गरेको यस चाडमा थारूहरूले वर्षभरि गर्ने कामको योजना बनाउने तथा नयाँ मूलीको चयन गर्ने लगायतका निर्णय गर्छन् । मगर समुदायले पनि आज माघे संक्रान्ति पर्व विशेष हर्षोल्लासका साथ मनाउँछन् ।

एकै दिनपर्ने र एउटै नामको पर्व माघे संक्रान्तिलाई पनि भिन्नभिन्न भेग र समुदायमा फरक ढंगले मनाउने प्रचलन रहेको छ । थारु समुदायले यस पर्वलाई माघी भनेर मनाउने चलन रहेको छ ।

माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्ड, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघ १ गते नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । यस्तै नेवार समुदायले विहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकीर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् । आजको दिन देशभरका विभिन्न स्थानमा मेला लाग्ने तथा स्नान गर्ने चलन रहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो