ब्रेकिङ न्युज


#खेलकुद

ताप्लिमा खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 10,2020


RatoParkhalताप्लिमा खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

२५ पुष , शुक्रबार
कटारी /उदयपुरको ताप्लीगाउँपालिकामा १ लाख ५० हजार बराबरको खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने  भएको छ । हिमालचुली क्लब पिपलभञ्याङ्गले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ति मनाउँदै उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिने भएको हो ।
ताप्ली गाउँपालिकाको सहयोगमा संञ्चालन हुने प्रतियोगिता आगामी माघ १३ गतेखि १५ गतेसम्म संञ्चालन हुनेछ । समितिले शुक्रबार आज कटारीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार हात पार्ने जानकारी दिएको छ  । उपविजेताले १ लाख र सान्त्वनाले ५० हजार हात पार्नेछ ।
त्यसैगरी क्लबका अध्यक्ष तोपबहादुर ज्यू ठकुरीका अनुसार प्रतियोगितामा देशभरका पालिकाहरुले पालिकाको सिफारिस र सम्बन्धित पालिकाको मतदाता परिचय पत्र समेत ल्याउनुपर्नेछ । टिमदर्ता आगामी माघ ११ गतेसम्म गरिसक्नुपर्नेछ । खेल संयोजक हरिबहादुर हमालका अनुसार प्रतियोगिताको टाईसिट माघ १२ गते सार्वजनिक गरिनेछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो