#खेलकुद

फिफाको नयाँ वरीयताः नेपाल पाँच स्थान माथि उक्लियो, भारत एक स्थान तल झ¥यो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 19,2019


RatoParkhalफिफाको नयाँ वरीयताः नेपाल पाँच स्थान माथि उक्लियो, भारत एक स्थान तल झ¥यो

ईखवरपत्रिका
२ असोज, २०७६
विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६६ स्थानबाट एक सय ६१ औंँ स्थानमा पुगेको हो । 

 

विश्व वरीयतामा दक्षिण एसियाली देशमा भारत सबैभन्दा अगाडि रहेको छ । एक स्थान तल झरेको भारत एक सय चार औँ स्थानमा छ । यस्तै माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५३ स्थानमा पुगेको छ । भुटानले पनि एक स्थान सुधार गर्दै एक सय ८५ औंँ स्थानमा उक्लिएकोको छ । श्रीलंका दुई स्थान तल झर्दै दुई सय दुईमा पुगेको छ । यस्तै पाकिस्तानले एक स्थान सुधार गर्दै दुई सय तीन औँ स्थानमा उक्लिएको छ । 

 

पछिल्लो पटक फिफा विश्वकपको दोस्रो चरणमा नेपालले दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हारेको थियो भने एक खेल जितेको थियो ।
                                                                                                                        साभारः उज्यालो अनलाईन
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो