ब्रेकिङ न्युज


#स्वास्थ्य

बुद्धको उपचार काठमाडौंमा हुँदै पोर्चुगलबाट प्रवासी नेपालीहरुले समेत गरे सहयोग 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 11,2019


RatoParkhalबुद्धको उपचार काठमाडौंमा हुँदै पोर्चुगलबाट प्रवासी नेपालीहरुले समेत गरे सहयोग 

ईखवरपत्रिका
२५ भदौ, २०७६
      कटारी नगरपालिका वडा नंं. ४ घर भएका १४ वर्षिय बुद्ध तामाङ्गको उपचारको क्रममा नोबेल अस्पतालका डाक्टरको लापार्वाहिका कारण एउटा आन्द्रा अर्कै आन्द्राको ठाउँमा गलत जोडिदिएपछी गम्भिर विरामी भएको थियो । गम्भिर विरामी भएका तामाङ्गलाई उपचार गर्नको लागि आर्थिक समस्या भएको कुरा सामाजिक सँञ्जालमा थाहा पाए पछि सगरमाथा बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ७ का विद्यार्थीहरुले खाजा खर्च कटाएर रकम संकलन गरेका थिए । 

 

विद्यार्थीहरुले संकलन गरेको ३९ हजार ७ सय ६० रकम उनको हजुरआमा दुतमाया तामाङ्गलाई मिती २०७६ भदौ १५ गते आईतवार हस्तान्तरण गरिएको थियो । सहयोग पेटिका समेत बनाएर विद्यार्थीहरुले स्कूलका अलावा अन्यत्र पनि संकलन गरेको रकम आईतवार विद्यालय परिसरमै हस्तान्तरण गरेका थिए भने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा समेत १ लाख बढी रकम आर्थिक सहयोग जुटाईएको थियो । 

 

यस्तै गम्भिर विरामी १४ वर्षिय बुद्ध तामाङ्गको उपचारका लागि पोर्चुगलका प्रवासी नेपालीहरुले पनि आर्थिक सहयोग गरेका छन् । गम्भिर विरामी भएका बुद्धलाई उपचारका लागि आर्थिक अभाव भएको समाचारहरु प्रकाशन, प्रसारण भएपछी पोर्चुगलका नेपालीहरुले बुद्ध बचाउ अभियान संञ्चालन गरी जम्मा भएको ७ सय ९६ युरो नेपाली एकलाख १ हजार ४ सय ४१ रुपंैया अठासी पैसा गत आईतबार बुद्धका आफन्त सविना तामाङ्गलाई आईएमई गरी पठाईदिएको पोर्चुगलबाट अभियानका संयोजक विपिन तामाङ्गले जानकारी दिनुभयो । तामाङ्गको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा उपचार भईरहेको छ । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय