ब्रेकिङ न्युज


#सामाजिक

स्थानीय युवाको सहयोगः जनता आधारभुत विद्यालयमा भित्तालेखन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 9,2019


RatoParkhalस्थानीय युवाको सहयोगः जनता आधारभुत विद्यालयमा भित्तालेखन

मोहन सुनुवार
२३ भदौ, २०७६
   कटारी नगरपालिका वडा नं. १ स्थित श्री जनता आधारभुत विद्यालय एक्लेसल्लामा एक स्थानीय युवकले भित्ता लेखन गरिदिएको छ ।

वडाको विकट ठाउँमा रहेको विद्यालयमा भित्ते लेखनको लागि कुनै पनि पेन्टर जान नमाने पछि स्थानीय युवक पृथ्वीमान सुनुवारले भित्ता लेखनमा विद्यालयलाई सहयोग गरेको हो ।

विद्यालयको बाहिरी भित्तामा विद्यालयको नाम र सोही विद्यालयमा रहेको लालिगुराँस बालविकास केन्द्रका बालबालिकालाई सिकाईमा सहयोग पुग्ने उद्देश्यले विद्यालयको कोठा भित्र विभिन्न चित्र र बालबालिकाहरु लाई आवश्यक लेखन गरिएको वि.व्य.स. अध्यक्ष खम्बु लुङगेली मगरले बताउनु भयो ।

बालबालिकाहरुको पठनपाठनमा थप सहयोग पुग्ने प्रधानाध्यापक जिनिता थापाले बताइन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय