ब्रेकिङ न्युज


#सामाजिक

कटारी नगरपालिकाको हालतः स्थानीय जन्ता सिटामोल किन्न दुई घण्टाको बाटो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 8,2019


RatoParkhalकटारी नगरपालिकाको हालतः स्थानीय जन्ता सिटामोल किन्न दुई घण्टाको बाटो

मोहन सुनुवार
२२ भदौ, २०७६
    स्थानीय जनता विरामी हुँदा सामान्य उपचार समेत नपाउँदा मारमा परेका छन् । कटारी नगरपालिका स्थित वडा नं. १ मा एक्लेसल्ला र हात्तिटार गाउँ भरी २८ देखि ३२ घर छन । विरामी हुँदा गाउँमा उपचारको केही माध्यम नभए पछि स्थानीय २ घण्टाको बाटो हिडेर सिराहाको चोहर्वा, गोलवजार र मिरचैया धाउन बाध्य छन् ।

 

एक्लेसल्ला र हात्तिटारबाट आप्mनौ नगरपालिका भित्रको औषधी पसल र स्वास्थ्य चौकी गराँस वा कटारी सम्म पुग्नलाई करिव ४ घण्टा सम्म लाग्ने स्थानीय सुवास सुनुवारले बताए ।

 

विद्यालय जाने बालबालिकाहरुमा झाडापखाला लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्याका कारण एक्लेसल्ला स्थित जनता आधाभुत विद्यालयमा अध्यनरत बिद्यार्थीहरु स्कुल जान बाट बञ्चित भएको विद्यालयकी प्रध्यानाध्यापक जिनिता थापाले बताउनु भयो । 

 

झाडापखाला, टाउको दुख्ने लगाएतका औषधी जस्तै जिवनजल, ब्रुफिन, पारासिटामोल जस्ता निःसुल्क पाउनुपर्ने औषधिहरु त्याहा समयमै उपलब्ध नहुँदा विद्यालय जाने बालबालिकाको सँङ्ख्या प्रतिदिन घटेको प्रध्यानाध्यापक थापा बताउछिन । 

 

सामान्य बिरामी हुँदा गाउँमा उपचारको केहि माध्यम नभएकोले विशेष गरी साना साना बालबालिकाहरुलाई धेरै समस्या भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खम्वुु लुङगेली मगर बताउनुहुन्छ ।

 

वडा कार्यालयबाट सिफारिस लिएर आएमा नगरपालिकाले निःशुल्क औषधी उपलब्ध गराईदिने कटारी नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राम नारायण चौधरीले बताए ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय