ब्रेकिङ न्युज


#समाचार

पोखरामा ३ दिने चलचित्र पत्रकारिता कार्यशाला सुरु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 4,2019


RatoParkhalपोखरामा ३ दिने चलचित्र पत्रकारिता कार्यशाला सुरु

पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सुरू भएको छ। चलचित्र तथा मनोरञ्‍जन क्षेत्रसँग सम्बद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि तथा बढ्दो प्रबिधिमा पत्रकारहरूको कार्यकुशलता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको हो।नेपाल चलचित्र पत्रकार संघ र नेपाल चलचित्र विकास बोर्डको आयोजना तथा, पर्यटन उद्योग तथा बन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्डको सहआयोजनामा कार्यशाला सञ्चालन गरिएको हो।

गण्डकी प्रदेशका पर्यटन उद्योग, बन तथा वातावरण मन्त्री विकास लम्सालले पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यशालाको पहिलो (उद्घाटन) सेसन बुधबार सम्पन्न भयो। बुधबार सम्पन्न पहिलो सेसनको कार्यक्रममा फिल्म क्षेत्र तथा यस क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरूले कार्यशालाको उपलब्धि मुलक सफलताको शुभकामना ब्यक्त गरे।

अब बिहीबार र शुक्रबार सञ्चालन हुने कार्यशालामा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, रजनिश भण्डारी, समिक्षक अनुप सुवेदी, पत्रकार नारायन अमृत र कृष्ण भट्टराई लगायतले प्रशिक्षण प्रदान गर्नेछन्। कार्यशालामा काठमाडौं तथा मोफसलमा रहेर चलचित्र पत्रकारिता गरिरहेका सय बढी पत्रकारहरूको उपस्थिती रहेको छ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय