ब्रेकिङ न्युज
प्रकाशित मिति: February 5,2017
प्रकाश किरण
तिमी फुल म गमला क्या मज्जाको ।
गर्छौ यार दिल्मा हमला क्या मज्जाको ।
मायामा जहर घोली पठाएर तिमीले,
सिकायौ जिउने कला क्या मज्जाको ।
आफ्नै दिदी बहिनी फुटपातमा बेचेर,
थप्यो उस्ले घरको तला क्या मज्जाको ।
घरी फुल पठाएर घरी आगो पठाएर,
लगि रहयौ मसङ्ग बदला क्या मज्जाको ।
गजलबस्ती जाजरकोट