ब्रेकिङ न्युज


#मनोरन्जन

शिव परियारको ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 23,2019


RatoParkhalशिव परियारको ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ,गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जाजुले जीवन्त तुल्याएको छ ।

अहिलेका चर्चित टिकटक क्वीन जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ। डान्सिङ् नम्बरहरुमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले आँखा रसाउँछन् । समग्रमा ‘सुन्दर नयन’ गीत तथा भिडियोले नेपाली संगीत उद्योगमा तरंग फैलाउनेमा कुनै दुईमत छैन । भिडियो निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय