ब्रेकिङ न्युज


# मनोरन्जन

कटारी महोत्सवको भव्य तयारीः आज बाट प्रचार प्रसार शुरु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 19,2019


RatoParkhalकटारी महोत्सवको भव्य तयारीः आज बाट प्रचार प्रसार शुरु

ईखवर सम्वादाता
१ भदौ, आईतबार
उदयपुर– कृषि, ऐतिहासिक, साँस्कृतिक र पर्यटन प्रवद्र्धनका लागि प्रथम कटारी महोत्सव २०७६ को तयारी तिब्र पारिएको छ । आगामी असोज ११ गते देखि असोज १७ गतेसम्म उदयपुरको कटारीमा हुने महोत्सवका लागि तयारी तिब्ररुपमा भईरहेको आज पत्रकार सम्मेलन गर्दै महोत्सवका मूल आयोजक समिति, कटारी कलाकार समूहले जानकारी दिएको छ ।


कटारी महोत्सवको मुख्य प्रायोजकमा कटारी नगरपालिका र सह प्रायोजकमा सौर्य सिमेन्ट प्रा.लि., सिभिल होम्स प्रा.लि., मारुती सिमेन्ट प्रालि., कसमस सिमेन्ट प्रा.लि. रहेको आयोजकका सचिव नेत्र राईले बताउनु भयो । महोत्सका आकर्षणमा डान्सिङ स्टार समेत रहेको छ । प्रतियोगितामा प्रथमलाई नगद रु. २५ हजार र एउटा म्युजिक भिडियो खेल्ने अवसर प्राप्त गर्ने र दोश्रो हुने विजेताले नगद रु. १० हजार प्रदान गरिने समेत राईले बताउनु भयो ।
महोत्सवमा स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, नगरपालिका भरिका कृषि उत्पादन, कृषि जन्य सामाग्रीहरु, लोप अवस्थामा रहेको कृषि सामाग्रीहरु, पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार, कला साँस्कृतिकोे प्रदर्शनीहरु समेत गरिने गरीने आयोजकका अध्यक्ष टेकराज लाङघाली मगरले बताउनु भयो ।
महोत्सव सफला बनाउन उदयपुर उद्योग बाणिज्य संघ, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारी, साथी समूह कटारी लगाएतका संघ संस्थाहरुको सहकार्य रहने पनि आयोजकले जनाएको छ ।

कटारीमा यस भन्दा पहिले महोत्सव भएता पनि नगर र स्थानीय निकाय भएपछिको पहिलो महोत्सव भएकोले प्रथम महोत्सव भनिएको अध्यक्ष मगरले बताउनु भयो । कटारी नगरको कृषि, संस्कृति, कला र पर्यटनमा यो महोत्सवले बिशेष भूमिका खेल्ने भएकोले सम्पूर्ण नगरबासीहरुले महोत्सव सफल बनाउन सहयोग गर्न पनि आग्रह गर्नु भयो । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय