ब्रेकिङ न्युज


#समाचार

घाँस काट्न गएकी एक किशोरीको भीरबाट लडेर मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 18,2019


RatoParkhalघाँस काट्न गएकी एक किशोरीको भीरबाट लडेर मृत्यु

काठमाडौँ ,नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।

उनको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो। उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। रासस


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय