ब्रेकिङ न्युज


#समाचार

फोनिजको स्थापना दिवसमा २ पूर्व अध्यक्ष सम्मानित

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 13,2019


RatoParkhalफोनिजको स्थापना दिवसमा २ पूर्व अध्यक्ष सम्मानित

ईखवरपत्रिका
२७ साउन, २०७६
    उदयपुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २० औ स्थापना दिवस भब्यकासाथ मनाईएको छ । दिवसको अवसरमा गरिएको कार्यक्रममा फोनिज उदयपुरको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ उदयपुर शाखाको उपाध्यक्ष भोटराज राई र पूर्व अध्यक्ष अप्सरा समाल मगरलाई फोनिज उदयपुरले सम्मान गरेको हो ।

 

फोनिज उदयपुरको स्थपना कालदेखि अहिलेसम्म संगठनलाई नेतृत्वदायी भुमिकाको साथ ठूलो योग्दान गरेकाले योग्दानको उच्च कदर गर्दै राई र समाललाई सम्मान गरिएको फोनिज उदयपुरले जनाएको छ ।

 

कार्यक्रमको प्रमुख अतिथि फोनिज केन्द्रिय सदस्य विश्वराज तामाङ, फोनिज उदयपुरका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ, नेपाल पत्रकार महासंघ प्रदेश सचिव हरिकुमार राईले दोसल्ला ओढाएर कदर पत्रको साथ सम्मान गरेको थियो । त्यस्तै नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद उदयुरका नव निर्वा्चित अध्यक्ष गौरीशंकर उदास सहित पदाधिकारीहरुलाई पनि बधाई ज्ञापन गरेको फोनिजले जनाएको छ ।

 

फोनिज र जनजाती महासंघ विचमा समन्व र सहकार्यको अति आवश्यक रहेको प्रमुख अतिथि विश्वराज तामाङले बताए । केहि समयदेखि जिल्लामा जनजाती आन्दोलनहरु फितलो हुदै गएको उनले बताए ।

 

आफु भर्खरै नव निर्बा्चित अध्यक्ष भएकाले अघिका कुराहरुलाई छाडेर अवको दिनहरुमा सबै क्षेत्र संग समन्वय र सहकार्य गरेर अघि बढाउने महासंघका अध्यक्ष उदासले प्रतिबद्धता जनाएको छ ।

 

आदिवासी जनजाती एकता नहुनाले सोचेको उपलब्धिहरु हासिल गर्न नसकिएको महासघका पूर्व अध्यक्ष तथा सल्लाहकार चाम्लिङले बताए । जिल्लाबाट संचालित अधिकांश संचारमाध्यमहरुमा जनजातीहरुको वर्चस्व रहे पनि राजनीतिक पाटाहरुमा विभाजित हुनाले लक्ष्य र गन्तव्यमा पुग्न नसकिएको उनले बताए ।

 

फोनिज उदयपुरको अध्यक्ष सुपराज राईको सभातित्वमा प्रमुअ अतिथि फोनिज केन्द्रिय सदस्य विश्वराज तामाङ, विशेष अतिथि नेपाल पत्रकार महासंघ १ न. प्रदेश सचिव हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखाको पूर्व अध्यक्ष तथा फोनिजको सल्लाहकार महेश्वर चाम्लिङ, नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्व अध्यक्ष ईश्वर तामाङ, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद उदयुरका अध्यक्ष गौरीशंकर उदास र अतिथिहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।ोजक समितिले जनाएको छ । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय