ब्रेकिङ न्युज


# मनोरन्जन

उदयपुरको कटारीमा आगामी असोज ११ देखि १७ सम्म प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 13,2019


RatoParkhalउदयपुरको कटारीमा आगामी असोज ११ देखि १७ सम्म प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

ईखवरपत्रिका
२८ साउन, २०७६
           उदयपुरको कटारीमा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । कला सांस्कृतिको संरक्षण प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मूल नाराका साथ आगामी असोज ११ गतेदेखि १७ गतेसम्म महोत्सव हुने भएको छ । 

 

कटारी नगरपालिकाको आयोजनामा हुने महोत्सवको लागत २८ लाख बढी हुने अनुमान गरिएको छ । कटारीका पत्रकारहरुसँग अनौपचारिक छलफल गर्दै महोत्सव संञ्चालक समितिका सचिव नेत्र बहादुर राईले अहिले प्रायोजक र सह प्रायोजकको टुंगो लगाउने कामको प्रकृया अन्तिममा पुगेको बताउनुभयो । 

 

त्यसैगरी समितिका अध्यक्ष टेकराज लाङ्घाली मगरले महोत्सब सफल पार्न सबैलाइ सहयोगको अपिल गर्नुभयो । महोत्सवका लागि कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ बाट १५ लाख बजेट समेत छुट्याएको छ । महोत्सवका लागि नगरपालिकासँग सम्झौता भईसकेको पनि समितिले जनाएको छ । विगतको महोत्सव भन्दा फरक र नगरले पर्यटन, संस्कृतिको क्षेत्रमा उपलब्धिमूलक रुपमा महोत्सव आयोजना गर्न लागेको सचिव राईले बताउनुभयो । 

 

‘प्रत्येक वडामा पुगेर सल्लाहा सुझावका साथै त्यहाँको प्रवद्धृन गर्नुपर्ने कुराहरुलाई समावेश गर्छौं’ राईले भन्नुभयो ‘नगरपालिकाको जनप्रतिनिधिहरुको पनि महोत्सवका लागि एउटा समिति बनाएर चुस्त दुरुस्त रुपमा लाग्ने कुरा भएको छ ।’  महोत्सवसको गेटमा नगरपालिकाकै टिकट विक्री हुने र सो पैसा नगरपालिकामा नै जाने पनि समितिले जानकारी दिएको छ । ‘उक्त पैसाबाट पर्यटनका लागि केहि न केहि पूर्वाधार बनाउने योजना मेयरसावको रहेछ ।  

 

‘सचिव राईले भन्नुभयो  ‘पर्यटन प्रवद्धृर््नको स्टललाई नै प्राथमिकतामा राख्नेछौं ।’ महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुती, तथा विभिन्न नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समेत आयोजना गरिने आयोजक समितिले जनाएको छ । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय